कल्पना श्रेष्ठ कल्पपुञ्जकाे उपन्यास “सञ्जीवनी”को गृह बिमाेचन

स्याङ्जा । स्याङ्जाकी नारी हस्ताक्षर कल्पना श्रेष्ठ कल्पपुञ्जकाे उपन्यास “सञ्जीवनी” गृह बिमाेचन,श्री लझ्मी पुस्तकालय स्याङ्जा बजारमा सम्पन्न भएकाे छ । स्याङ्जा साहित्य प्रतिष्ठानकाे अायाेजना तथा स्याङ्जा एफ एमकाे समन्वयमा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष श्री विश्व प्रेम अधिकारी,स्याङ्जा समन्वय समितिका प्रमुख सीता सुन्दास,साहित्यकार देवि प्र बनवासी एवं कृतिकारका माता पिता मान कुमारी श्रेष्ठ एवं इन्द्रबहादुर श्रेष्ठबाट साहित्यकार एवं विशिष्ट अतिथिहरूकाे माझ लाेकार्पण सम्पन्न भएकाे हो ।

स्याङ्जा साहित्य प्रतिष्ठानकाे युवा साहित्यकार मिलन समिरद्वारा संचालन गरिएकाे उक्त कार्यक्रम स्याङ्जा पुतलीबजार न.पा का मेयर सीमा क्षेत्री ज्युकाे विशेष अथितिकारूपमा सुरु भएकाे थियोे । कार्यक्रम वक्ता पूर्व पि एन क्याम्पसका प्रा. डा. याम पाैडेल क्षेत्री र प्राध्यापक समालाेचक प्रमाेद पंगेनि द्वारा उपन्यास सञ्जीवनी अाेझेलमा परेकाे अंपाङ्गता विषयमा लामाे अन्तरालमा अाएकाे याे कृतिले नेपाली साहित्य जगतमा उल्लेखनीय छाप छाेड्ने समालोचकिय दृष्टिकोण राख्नु भएकाे थियोे ।

मुख्यतः अावाज विहिन पात्रकाे मनाेवैज्ञानिक भाेगाई, याैनिक हिसां एवं अंपाङ्गतामा पनि सपाङ्गसरह सामाजिक कार्य गर्दै सन्तुलन जीवन व्यवस्थापन बारे चित्रण गरिएकाे उपन्यास ‘सञ्जीवनी’ ले अहिलेकाे साहित्यक बजारलाई राम्रो खुराक दिएकाे समिक्षागत टिप्पणी रहेकाे छ। साे कार्यक्रममा साहित्यकार चिन्तु गिरि, सुर्य प्रसाद डुम्रे, पराजित रेशम, शम्भु अर्याल, रबिन के सि, लक्ष्मी काफ्ले, बिक्रम परियार, सपना कोइराला लगायत रचना वाचन गरिएकाे थियाे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु