तलब घटाउन माग गर्दै चिकित्सहरुको विरोध !!

एजेन्सी । क्यानडाको राज्य क्युबेकका पाँच सयभन्दा धेरै चिकित्सहरुले तलब वृद्धिको विरोधमा तलव घटाउन माग गर्दै प्रदर्शन गरेको वासिङटन पोष्टले जानकारी दिएको छ ।

२५ फेब्रुअरीदेखि क्युबेकका चिकित्सक तथा सार्वजनिक स्वास्थ्य वकालतको प्रतिनिधित्व गर्दै त्यहाँ अनलाइन याचिका हस्ताक्षर अभियान सुरु भएको छ । ‘हामी क्युबेकका चिकित्सक बलियो सार्वजनिक प्रणालीमा विश्वास गर्छौं र चिकित्सा महासंघले तय गरेर बढाएको तलबको विरोध गर्छौं । द मेडिसिन्स क्युबिसियोस पावर लि रिजाइमको याचिकामा उल्लेख गरिएकाे छ ।

विरोधको प्रतिक्रियामा क्युबेका स्वास्थ्य मन्त्री गिएटान ब्यारेटले भने, ‘यदि डक्टरहरु आफै धेरै तलब पाएको महसुस गर्छन् भने उनीहरुले ती पैसा टेबलमा छोड्न सक्छन् । म ती पैसाहरुकाे सदुपयाेग गर्ने प्रत्याभूति दिन्छु ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु