फ्यानले गरिन मर्नुअघि सबै सम्पत्ति सञ्जय दत्तको नाम

एजेन्सी । हुनत फ्यानहरुकै कारण नै कलाकारहरु स्थापित हुने र हराउने हुन्छन् । तर कलाकारहरुको फ्यान पनि कतिसम्मका हुन्छन् भनेदेखि पिछा गर्ने, गिफ्ट दिनेदेखि शरीरमा सेलिब्रेटीकै नाम लेख्ने तथा कोही उसकैको नाममा आत्महत्या गर्नेसम्म पनि हुन्छन् ।

पछिल्लो समय भने अर्काे नयाँ घटना घटेको छ बलिउडमा । बलिउड स्टार सञ्जय दत्तकी एक फ्यानले आफ्नो शेषपछि सबै सम्पत्ती दत्तको नाममा गराइदिएकी छिन्। आफ्नो सम्पत्ती दिएकी दत्तकी फ्यान निशी त्रिपाठीको केही दिनअघि निधन भएको छ । त्यसपश्चात सञ्जयलाई बैंकबाट फोन आयो उनी निशीको वारिस भएको भनि ।

उनी निशीलाई नचिन्ने र निशी उनको फ्यान मात्रै भएको उनले थाहा पाए, त्यसपछि सञ्जय दत्तले उनको सम्पतीमा आफूले दाबी नगर्ने बैंकलाई पत्राचार गरेका छन् । सञ्जय आफ्नो फ्यानको यस्तो गतिविधिले आफू चकित भएको बताउँछन् । निशी मुम्बईको मालाबार हिलस्थित त्रिवेणी अपार्टमेन्टमा बस्थिन्। उनकी ८० वर्षीया आमा, २ छोरा र १ छोरी छन्।

‘फ्यानले आफ्नो बच्चाको नाम मन पर्ने कलाकारको नामबाट राख्ने, पिछा गर्ने, गिफ्ट दिने गरेको थाहा छ,’ सञ्जयले भनेका छन्, ‘निशीले त मलाई चकित पारिन्।’

Comments

comments

सम्बन्धित शिर्षकहरु