अाज “१०८अौं अन्तर्राष्ट्रिय नारी दिवश”

काठमाडाैँ । बर्सेनि”नारी दिवश”का नारा फेरिन्छन्,हामी कति गर्वका साथ”नारी दिवस” मनाईरहेका हुन्छौं,खुशी का साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छौं ,मुख्य बिषय बस्तु यसैलाई बनाएर ठुला ठुला भाषण तथा विभिन्न वकालतहरु गरिरहेका हुन्छौं र यसो हुनु एकदमै गर्वको कुरा पनि हो तर “के नारी िदवश”को सहि अर्थ हामी सबै नारीले भेटिरहेका छौं त ? यो सोचनिय कुरा पनि छ।

वास्तवमा “नारी दिवश”केवल केही साक्षर र बिकाशसिल शहरहरुमा मात्र साकार भएका छन् भन्दा फरक नपर्ला किनकी समय र नारा जतिसुकै परिबर्तनशिल भएता पनि आजसम्म पनि देशका थुप्रै कुना कन्दराका दुरदराजका गाउँ बस्तिहरुमा नारी-पुरुष बीच हुने विभेद ,तथा घरेलु हिंसा लगायत विभिन्न कुसंस्कारले जरा गाडेकै छ।

एकातिर शहरबासी हामी “नारी दिवश”को सु-स्वागत धुमधामसँग गरिरहेका हुन्छौं भने अर्कोतिर नारीहरु दिनप्रतिदिन अपहेलित र उपेक्षित भईरहेका छन।नारी नारीबाटै पनि शोशित पिडित छन् चाहे सासू-बुहारि या नन्द भाउजू विभिन्न कारणबाट नारीहरु पिडित छन्:यो सब हुनुमा द‍ष कसको हो,या जनचेतनाको कमी या अरु कुनै कारण यहाँ पनि सोचनिय छ,तथापि कहिले दाईजो नल्याएको निहुमा त कहिले नि:सन्तान भएको निहुँमा ,कहिले बोक्सीको दोष त कहिले छोरा जन्माउन नसक्नुको पीडा अथवा पुरुषको दाँजोमा कमजोर तथा घरको चौघेरा भित्र सिमित ।

हर तरहबाट नारी नै उपेक्षित छिन,पिडित छिन।भनाइमा त ठुलाठुला वकालत गरिन्छन अनि बनेका कानुन पनि धेरथोर पालना मुश्किलले भएका छन त्यो पनि पहुँचका आधारमा। यस्तै हो भने हामी कल्पना गर्न सक्छौं कि कति सम्म नारी हकहित पूरा भएको छ या छैन। तर नारीका समस्या गाउँका कुना कन्दरामा मात्र पनि होइन कि पढेलेखेका ,शिक्षित र शहरमै बसोबास गर्ने सम्पन्न परिवार भित्र नै पनि धेरैजसो यस्ता दु:खदायी कथा ब्यथाहरु भेटिन्छन् जहाँ मानसिक र शारीरिक रुप मै पनि नारीहरु शोसित र पिडित छन् जस्लाई सामाजिक मर्यादा खल्बलिने डरले लुकाइन्छ।

यसरी अझै पनि नारीहरुलाई हेर्ने दृष्टिकोण दाग रहित छैन ।ठुला,प्रतिष्ठित संघ संस्थामा बिशिस्ट पदमा कार्यरत शिक्षित नारीहरु नै पनि कुनै न कुनै रुपमा शोसित र पिडित छन् ।देखावटी रुपमा कानुनी कोटा प्रतिशत मा भाग लगाएपनि समाजको रुढीबादी मानसिकता का कारण अझैपनि समस्या जहाँको तही छ त्यसैले जबसम्म हाम्रो पुरातन सामाजिक मानसिकतामा नयाँ र सकारात्मक गति आउदैन तब सम्म “नारी दिवश”को सार्थकता उत्कृष्ट बन्दैन। त्यसैले नारीलाई सम्मान र सद्भाव पूर्ण व्यवहार गर्न सिकौं र सभ्य मानवीय धर्म पालना गरौँ ।

-कोपिला घिमिरे खोटाङ ,दिक्तेल २०७४/११/२३

Comments

comments

सम्बन्धित शिर्षकहरु