नेपालका चार्डट एकाउन्टेन्ट्सलाई अब अस्ट्रेलियामा रोजगारीको बाटो सहज

अस्ट्रेलिया । नेपालका चार्डट एकाउन्टेन्टका लागि अब अस्ट्रेलियामा रोजगारीको अवसर खोज्ने सजिलो हुने भएको छ । नेपाल चार्टड एकाउन्टेन्ट्सहरुको साझा संस्था दी इन्सिच्युट अफ चार्टड एकाउन्टेन्ट्स अफ नेपालले अस्ट्रेलिया न्युजिल्यान्डको आधिकारीक चार्टड एकाउटेन्ट्स सीए अस्ट्रेलिया, न्युजिल्यान्ससँग बुधवार सम्झौता गरेपछि अबको बाटो सहज बनेको हो । 

बुधबार सीए अस्ट्रेलिया न्युजिल्यान्डको सिडनीस्थित कार्यालयमा सम्पन्न सम्झौतामा नेपालका चार्टड एकाउन्टेन्ट्सहरुको संस्थाका अध्यक्ष प्रकाशजंग थापा र सीए अस्ट्रेलिया न्युजिल्यान्डका प्रमुख कार्यकारी रिक एलिसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि नेपालबाट पढेर आएका चार्टड एकाउन्टेन्ट्सहरुलाई यहाँ पुनः अवसरको खोजिमा यहाँको कोर्स पढ्नुपर्ने बाध्यता थियो। अब यो सम्झौता पछि तीन महिनाको एउटा फाइनान्सिङ रिर्पोट पढेर परीक्षा दिएपछि अस्ट्रेलियाको मान्यता प्राप्त गर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु