आजको साहित्यिक सामग्रीको रुपम सर्जक कल्पनाको नारी दिवशको अवसरमा लेखिएको कविता ‘नारी’

 


पुजीन्छ नारीलाई शब्दमा
ब्याख्या गरिन्छ् सभा गोष्ठि र
सेमिनारमा
तर पनि
परापूर्व काल देखि
नारी बली हुदै आएकी छिन्
महाभारतमा द्रौपदी
रामायणमा सीता
अहिले स्टेजमा बली हुन्छिन
तताउँछिन् स्टेज
नाङ्गिन्छिन् पूर्ण रुपमा
थपिदै जान्छ बैंक ब्यालेंस
चिल्ला गाडीको होडबाजीमा
हुन्छौ तिमी
अनि चिरहरण हुन्छ नारीको
संचार माध्यमकी मुख्य पात्र बन्छिन्
सामाजिक संजालभरी छाउँछिन्
थाहा छैन नांगिनु (बली हुनु)
उनको रहर हो या बाध्यता?
चलचित्रमा बली हुन्छिन्
बक्स अफिसमा तिमी सफल हुन्छौ
उधोगपतिका प्रचार प्रसारमा बली हुन्छिन्
हेक्का छ तिमीलाई?
तिमीले लेख्ने
उपन्यासमा
गीत, गजल, निबन्ध, कथा, काब्य
सबै तिर बली हुन्छिन्
नारी पात्र बिनाको कुनै लेख,
चलचित्र पढ्नु र सुन्नु भको छ?
नारी बिना न तिम्रो घर
न तिम्रो चलचित्र न उपन्यास
न गीत, गजल चल्छ
तर पनि रत्तिभर दुख्दिनन्
उसरी नै मुस्कुराउँछिन् जसरी पूर्णिमाको पूर्णचन्द्र
फूलको संज्ञा दिईन्छ् नारीलाई
बगैंचाभरी लगाईन्छ्
ढकमक्क फूल्छ टपक्क टिपेर
मन्दिरमा चढाईन्छ्
त्यहॉ पनि बली हुन्छिन्
कहिले सन्तानको खुशीमा
कहिले श्रीमानको अत्याचारमा
कहिले समाजको लाजमा
कहिले प्रेमीको झुटो आश्वासनमा
तर पनि रत्तिभर चुक्दिनन्
आफ्नो कर्तब्यमा
नारी हुन संसार देखाउने
विश्व मानचित्रमा तिम्रो नाम लेखाउने
जय नारी

कल्पना (प्रसाई) पाठक

आज ८ मार्च

Comments

comments

सम्बन्धित शिर्षकहरु