कहाँ–कहाँ हुँदैछ ‘शत्रुगते सांगीतिक टुर’? यस्तो छ तयारी

काठमाडौं । चलचित्र ‘शत्रु गते’ ले मह शत्रगतेु यात्रा गर्ने भएको छ । मोफसलका दर्शक तथा सञ्चारकर्मीसँग भेटघाट गर्ने उदेश्यले चलचित्र युनिटले रुस्लान मह शत्रु गते यात्रामा निष्किन लागेको हो । यात्रामा कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा र जुनु रिजाल काफ्ले रहनेछन् ।
यो टुर फागूण २३ गतेदेखि ३० गतेसम्म चल्नेछ । सेड्यूल अनुसार २३ गते हेटौडा, २४ गते नारायणगढ, २५ गते बुटवल, २६ गते पोखरा, २८ गते बिर्तामोड, २९ गते दमक र ३० गते इटहरीमा हुनेछ । मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रलाई किरण केसीले प्रस्तुत गरेका हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा छ । प्रदिप भट्टराई चलचित्रका निर्देशक हुन् ।

चलचित्रमा दिर्घ गुरुङको छायांकन छ भने मित्र गुरुङको सम्पादन छ । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । यो चलचित्र चैत्र ९ गतेबाट रिलिज हुनेछ । चलचित्र चैत ९ गते रिलिज हुनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु