विनोद चौधरी संसारकै १५ सय ६१ औं धनी, अमेजनका मालिक सबैभन्दा धनी

काठमाडौं । नेपालका अर्बपति विनोद चौधरीको सम्पत्ती १९ अर्ब रुपैयाँले बढेको छ । फोर्ब्स म्यागनिजले सार्वजनिक गरेको २०१८ को सूचि अनुसार चौधरीको सम्पत्ती १९ अर्ब रुपैयाँले बढेको हो । यो पटक चौधरी विश्वका धनी व्यक्तिको १५६१ औ सूचिमा रहेका छन् । अघिल्लो पटक उनी १५६३ औ सूचिमा रहेका थिए । चौधरीसँग १ अर्ब ५० करोड अमेरिकी डलरको सम्पत्ती छ ।

एक वर्षको अवधीमा चौधरीको सम्पत्ती १९ करोड अमेरिकी डलरले बढेको छ । जुन नेपाली रुपैयाँमा रुपान्तरण गर्दा १९ अर्बभन्दा बढी हुन आउने छ । सन् २०१७ को सूचि अनुसार चौधरीसँग १ अर्ब ३१ करोड अमेरिकी डलर बराबरको सम्पत्ती थियो । पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सभासद् रहेका चौधरी यो पटक नेपाली कांग्रेसबाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छन् ।

अमेजानका मालिक जेफ बेजोस सबैभन्दा धनी अर्बपति बनेका छन् । फोर्ब्स म्यागनिजका अनुसार बेजोसको सम्पत्ति ११२ बिलियन डलर छ । यो गत वर्षको भन्दा ३९।२ बिलियन बढी हो ।

बिल गेट्स ९० अर्ब अमेरिकी डलर सहित दोस्रो स्थानमा रहेका छन् । सेयर बजारका बादशाह वारेन बफेट ८४ अर्ब अमेरिकी डलर सम्पत्तीका साथ तेस्रो स्थानमा रहेका छन् । लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ अर्ब अमेरिकी डलर सम्पत्तीका साथ पाचौं स्थानमा रहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ औं स्थानमा धकेलिएका छन् । ट्रम्पको सम्पत्ति ३.५ बिलियन डलरबाट घटेर ३.१ बिलियन डलर भएको छ । न्यूयोर्कको सम्पत्तिको मूल्यमा आएको गिरावट र गर्ल्फ कोर्सको आम्दानी घटेका कारण ट्रम्पको सम्पत्ति घटेको बताइएको छ । यो वर्ष २५९ जना अर्बपति थपिएका छन् । जसमा चीनबाट सबैभन्दा बढी ८९ जना तथा अमेरिकाबाट १८ जना थपिएका छन् । फोब्र्समा अमेरिकाका ५८५ जना अर्बपति छन् । भने चीनका ४७६ जना रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु