यी हुन् भारतीय उद्योगपति मुकेश अम्बानीकी हुनेवाला बुहारी

एजेन्सी । आकाश अम्बानीको विवाह यसै वर्ष श्लोका मेहतासँग हुने खबरहरु बाहिर आइरहेका छन् । आकाश भारतका धनी उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीका ठूला छोरा हुन् ।

श्लोका हीरा व्यापारी रसेल मेहेताकी कान्छी छोरी हुन् । तर दुबै परिवारले उनीहरुको विवाह बारे कुनै प्रतिक्रिया दिएका छैनन् । स्रोतहरुले उनीहरुको इङगेजमेन्ट आगामी केही हप्तामा नै हुने बताएका छन् । विवाह डिसेम्बरमा हुनसक्ने बताइएको छ ।

अम्बानी र मेहता परिवारबीच राम्रो पहिचान छ । आकाश र श्लोका धीरुभाई अम्बानी इन्टरनेश्नल स्कुलमा सँगै पढेका हुन् । २६ वर्षका आकाश मुकेश र नीता अम्बानीका तीन सन्तानमध्ये सबैभन्दा ठूलो छोरा हो । इशा उनीक जुम्ल्यहा बहिनी हुन् । उनी रिलायन्स ग्रुपको टेलिकम वेंचर रिलायन्स जियोको बोर्डमा छन् ।

त्यस्तै श्लोका भने जुलाई २०१४ देखि रोजी ब्लू फाउन्डेशनमा निर्देशक छिन् । उनी कनेक्टफर कीकोको फाउन्डर पनि हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु