डोनाल्ड ट्रम्प इतिहासकै तल्लो दर्जाको राष्ट्रपति भएको टेलिभिजन प्रस्तोताको टिप्पणी

एजेन्सी । एकजना प्रसिद्ध टेलिभिजन प्रस्तोता जिम्मी किमलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओस्कार रेटिङबारे दिएको प्रतिक्रियापछि उनको आलोचना गर्दै उनलाई ‘इतिहासकै सबैभन्दा तल्लो दर्जाको राष्ट्रपति’ भन्दै आलोचना गरेका छन् ।

आइतवार समापन भएको इतिहासमै सबैभन्दा कमले हेरेको ९०औं एकाडेमी अवार्डको समापनपछि ट्रम्पले त्यसलाई व्यङ्ग्य गर्दै ट्वीटरमा प्रतिक्रिया दिएका थिए । उनले लेखेका थिए, ‘इतिहासकै कम दर्जाको ओस्कार, समस्या त यहा छ की तपाईहरुको राष्ट्रपतिबाहेक अब हामीसँग अरु कोही स्टार नै छैनन् ।’

ओस्कार समारोहलाई दोस्रोपटक सञ्चालन गरेका किमलले ट्रम्पको प्रतिक्रियालाई ट्वीटरमा नै जवाफ दिदैँ लेखे, ‘धन्यवाद, इतिहासकै तल्लो दर्जाको राष्ट्रपति’ ।

किमलले टेलिभिजन सेवाहरु बढेपछि सबै टेलिभिजनहरुको रेटिङ शून्यमा झरेको बताए । उनले भने, ‘सत्य यो हो की नेटफ्रिल्क भएपछि, द सुपर बाउल, द ग्राम्मिस, द इम्मीस, द गोल्डन ग्लोबजस्ता सम्पूर्ण ठूला टिभी कार्यक्रमहरुको रेटिङ गिरेको छ ।’

किममले थप्दै भने कि ट्रम्प आफूले कुनै पनि टिआरपिलाई प्रभाव पार्नसक्ने विश्वास गर्छन् । तर उनी यस्तो प्रतिक्रियाबाट सबैभन्दा ठूलो हाँसोको पात्र बने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु