अस्ट्रेलियामा नेपाली लाइसेन्सवालालाई कडाइ

अस्ट्रेलिया । अस्ट्रेलियन सरकारले नेपाली लाइसेन्सवालालाई कडाइ गर्न थालेको छ। नेपाली लाइसेन्स होल्डरको केही गलत रबैयाका कारण नेपाली लाईसेन्समा कडाई गर्दै लगेको सम्वन्धित निकाय बताएका छन् ।

केही महिनाअघिसम्म यस्तो कडाइ रहेको थिएन् । नेपाली लाइसेन्सले गाडी चलाउन पाइए पनि यहाँको लाइसेन्स लिन महावाणिज्यदूतावासबाट असली भएको प्रमाणिकरण गर्नुपर्छ। नेपालमा लाइसेन्स भएमा र त्यो असली प्रमाणिकरण भएमा मात्र यहाँ एकै पटक फुल लाइसेन्सको परीक्षामा सामेल हुन पाइन्छ। अस्ट्रेलियाका अन्य राज्यमा फरक नीति भए पनि न्यू साउथवेल्स सरकारले भने अहिले नेपाली लाइसेन्समा कडाइ रबैया अपनाएको हो।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु