राजधानीमा ‘शाव्दिक समारम्भ’ कार्यक्रम सम्पन्न

चर्चित युवा गजलकार कमल संघर्षको विशेष गजल प्रस्तुतिले आज राजधानीमा साहित्यिक माहौल निकै उत्साहजनक बन्न पुग्यो । गजलकार कमलको गजल वाचनबाट साहित्यप्रेमी दर्शकहरु निकै जोसिएका थिए । दर्शकहरुको आग्रह बमोजिम उनले थप गजल पनि वाचन गरेका थिए ।

‘शाब्दिक समारम्भ’ नामक उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ-आफ्ना रचनाहरु वाचन गरेका थिए । हातेमालो साहित्य संगम, केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको उक्त कार्यक्रम मेडिया इन्टरनेशनलको हल, सिंहदरबारको पूर्वी गेट अगाडि अनामनगरमा सम्पन्न भयो । संस्थाका महासचिव विपिन मर्मले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुनिल अधिकारीले गरेका थिए ।

पृथक पहिचानले नै साहित्यकारलाई विशेष उचाइ दिने कुरा कार्यक्रमका प्रमुख अतिथि डा. राम प्रसाद ज्ञवालीले बताए । डा. ज्ञवालीले कार्यक्रमको समीक्षात्मक टिप्पणी गर्दै उपस्थित सर्जकहरुको रचना वाचन निकै सभ्य र उत्कृष्ट रहेको प्रतिक्रिया दिए । विशेष अतिथिको रुपमा निम्त्याइएका रेडियोकर्मी अच्युत घिमिरे ‘बुलबुल’ले लेखनलाई मुख्य आधार मानेर साहित्यमा योगदान गर्ने साहित्यिक सर्जकहरुले गुट-उपगुट बनाएर भन्दा पनि एउटै साझा साहित्यिक समाज बनाएर अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु