त्रिपुरामा २५ बर्षे कम्युनिष्ट शासन ढल्यो,बिजेपी गठवन्धनलाई दुई तीहाई

भारत । भारतको पूर्वी उत्तर राज्य त्रिपुरामा २५ बर्षे कम्युनिष्ट शासन ढलेको छ । भारती जनता पार्टीले २५ बर्षदेखि सत्तामा रहेको भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीले नेतृत्व गरेको कम्युनिष्ट गठवन्धनलाई पराजित गरेको छ।

त्रिपुराको स्थानिय तहमा एक जना पनि काउन्सिलर समेत नभएको भाजपाले सन् २०१३ मा भएको चुनावमा २ प्रतिशत भन्दा पनि कम मत पाएको थियो। तर ५ बर्षपछि २०१८ मा आइपुग्दा त्रिपुराको स्थानिय दल आइपीएफटीसँग मिलेर विजेपी नेतृत्वको गठवन्धनले दुई तिहाई सीटमा जीत हासिल गरेको छ।

उत्तर पूर्वी राज्य नागाल्याण्डमा पनि भाजपा वहुमतमा पुग्न नसकेपनि सरकारमा भने जाने भएको छ। भाजपाले नागाल्याण्डमा एनडीपीपीसँग सहकार्य गर्दै आइरहेको छ।

मेघालयमा भारतीय काँग्रेस २१ सिट ल्याएर ठूलो दल भएपनि उसलाई पनि वहुमत पुगेन। क्रिश्चियनहरुको वाहुल्यता रहेको मेघालयमा भने विजेपीको जम्मा २ सीट आएको छ। तर विजेपीकै साझेदार दलले भने १९ सिट ल्याएको छ। यि दुई पार्टीको संख्या जोड्दा काँग्रेस बराबर हुन्छ। त्रिपुरा, नागाल्याण्ड र मेघालयमा ६०र६० सिटको विधान सभा रहेको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु