विप्लवसँग डराए कै हुन् त सलमान,आयोजक भन्छन्, ‘हल्ला गलत हो’

काठमाडौं । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि भारतीय नायक सलमान खानको नेपाल यात्र रोकिएको छ । ओडिसी इन्टरनेशनलले फागुन २६ गते आयोजना गर्न लागेको कार्यक्रममा आउने लागेका सलमानको नेपाल भ्रमण स्थगित भएको हो ।

विप्लव निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति निकालेर कन्सर्ट स्थगित नगरे नराम्रो परिणाम आउने चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो । महासंघले विज्ञप्ति निकालेपछि भारतीय सञ्चार माध्यमहरुले सलमान खानलाई कन्सर्ट रद्ध गर्न दबाव दिएका थिए ।

द हिन्दुस्तान टाईम्स लगायतका थुप्रै प्रतिष्ठित सञ्चार माध्यमहरुले विज्ञप्तिलाई महत्वका साथ समाचार बनाएका थिए । भारतीय सञ्चार माध्यमहरुले सलमान खानलाई नेपालमा सुरक्षा चुनौती रहेको समेत उल्लेख गरेका थिए । शोका लागि झण्डै ५ हजार टिकट विक्री भइसकेको छ । यदि कार्यक्रमको मिति तय भए त्यही टिकटले हेर्न पाइने व्यवस्था मिलाइनेछ । टिकट फिर्ता गर्न चाहनेले त्यो सुविधा पनि पाउनेछन् ।

सुरक्षा संवेदनशिलताका कारण सलमान नेपाल नआउने मनस्थितिमा पुगेको समाचार स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव] नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल जनसाँस्कृतिक महासंघले सलमानको कार्यक्रम तत्काल रोक्नु पर्ने, नत्र कार्यक्रमकै कारण आउन सक्ने अप्रिय घटनाको जिम्मेवारी आयोजक आफैले लिनुपर्ने चेतावनीका कारण आयोजक कार्यक्रम स्थगित गर्ने मनस्थितिमा पुगेको जनाइएको छ ।

आयोजक भन्छन्, ‘हल्ला गलत हो’
यता वहुराष्ट्रिय वियर उत्पादक काल्सवर्गको ८० प्रतिशत लगानीमा गोरखा ब्रुअरीको अगुवाइमा सलमानको ‘दवङ्ग’ टुर नेपालमा आयोजना गर्न लागिएको हो । आयोजकले कार्यक्रम रोकिने भन्ने हल्ला गलत भएको जनाउँदै निर्धारित समयमै कार्यक्रम हुने दावी गरेको छ ।

नेपाली कलाकारकै छैन साथ
नेपाली कलाकारहरुको वेवास्ता गर्दै भारतीय कलाकारलाई मात्र बढी प्राथमिकतामा राखिएको भन्दै नेपाली कलाकारहरुले यो कार्यक्रमलाई असहयोग गर्दै आएका छन् । आयोजकले केहि नेपाली कलाकारलाई सलमानसँग नाच्न आग्रह गरे पनि आयोजकको आग्रह नेपाली कलाकारले अस्वीकार गरिसकेका छन् । भारतीय कलाकारलाई मात्र चाहिने भन्दा बढी प्राथमिकता दिइएको र नेपाली कलाकारलाई भने सित्तैमा नचाउने कोशिस गरिएको भन्दै नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारले यो कार्यक्रममा सहभागिता नजनाउने जनाइसकेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु