बोनी कपुरको भावुक ट्विट-‘मेरा लागि उनी माया थिइन्, साथी थिइन्…’

एजेन्सी । श्रीदेवीको निधनपछि उनका पति बोनी कपुरले भावुक ट्विट गरेका छन्। भावुक ट्विटमा लेखिएको छ, ‘एउटी साथी, पत्नी र दुई छोरीकी आमा गुमाउनुको पीडा बताएर सकिँदैन। म आफ्ना साथी, परिवार, शुभचिन्तक र अनगिन्ती फ्यानलाई आभार प्रकट गर्न चाहन्छु, जो यो घडीमा मेरो साथ उभिए।

म भाग्यशाली हुँ, मैले अर्जुन र अंशुलाको सहयोग र माया पाएको छु। उनीहरु खम्बा जस्तो तागत बनेर जान्हवी र खुसीसँग उभिए। हाम्रो परिवार यो असह्य घटना झेल्ने कोसिसमा छ।’
उनले भनेका छन्, ‘दुनियाँका लागि उनी चाँदनी थिइन्, राम्री कलाकार थिइन्, श्रीदेवी थिइन्, तर मेरा लागि उनी माया थिइन्, साथी थिइन्, छोरीहरुकी आमा र मेरो साझेदार थिइन्। छोरीहरुका लागि उनी जिन्दगी थिइन्। उनको वरिपरि हाम्रो परिवार चल्थ्यो। मेरो सबैमा अनुरोध छ, हामीलाई दु:ख मान्न दिनुहोस्।’

 

Comments

comments

सम्बन्धित शिर्षकहरु