होली ‘खेल्दा खेल्दै’ २ सय ८५ जना पक्राउ, ५ सय ६७ सवारी प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले होली खेल्ने क्रममा उत्श्रंखल गतिविधि गरेको भन्दै काठमाडौं उपत्यकमा २ सय ८५ जना पक्राउ परेका छन् ।

होली खेल्ने क्रममा जबरजस्ती रंग छ्याप्ने, लोला हान्ने, फोहर पानी छ्याप्ने तथा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्नेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । प्रहरीले ललितपुरबाट १९, भक्तपुरबाट १३ र काठमाडौंबाट २ सय ५३ जना पक्राउ गरेको हो ।

होलीका दिन प्रहरीले ५ सय ६७ सवारी साधन नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार हेल्मेट नलगाइ चलाइएका मोटरसाइकल, लाइन तथा सवारी नियम मिचेर चलाइका सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु