समिक्षा, गजलकार शान्ति शर्मा को “अम्लान फूल”

काठमाडाैँ । समिक्षा गजलकार शान्ति शर्मा को “अम्लान फूल “अजम्बरी रहोस। याद तिम्रो एकान्तमा आँशु बनी झर्छ पीडा बल्झियो छातीको देब्रे बाटो सर्छ बाडुली ले भन्यो होला खबर निस्टुरिलाई कठै आफ्नो मह भित्र फसी मौरी मर्छ । नेपाली गजलको लोकप्रियता बढिरहेकै बेला गजलको एउटा सुन्दर कृति अम्लान फूल लिएर पाठकसामु उभिएकी छिन् शान्ति शर्मा ।

गजल लेख्नु एउटा चुनौतीपूर्ण काम हो। योअरु साहित्यिक विधा जस्तो हुँदैन। गजल एउटा जटिल विषय वस्तु हो। रहरले गजल लेख्न सकिँदैन। लगनशीलता सिर्जनशीलता अभ्यास र प्राविधिक कुराहरुको ज्ञान हुन जरुरी छ गजल लेख्नका लागि। हरेक मान्छेले आफ्नो स्वाभिमानको खुट्टाले टेकेर यात्रा गर्न जरुरी छ गजलमा। गजलकार शान्ति शर्मा धेरै दुख र हण्डरहरु खाएर जीवनका थुप्रै आरोह अवरोहहरु बोकेर सामाजिक जीवन यात्रामा दौडिरहेकी संघर्षशील गजलकार हुन्।

एउटी नारी स्रष्टाले हजारौं पीडाहरु पोखेर नेपाली साहित्यको क्षेत्रमा आउनु र यति धेरै सक्रियता र काव्यिक क्षमता बढाउन सक्नु बहुत ठूलो चुनौती हो। नेपाली साहित्यकी एउटी अथक साधक हुन् शान्ति शर्मा उनको साहित्यिक क्षेत्रमा सम्भावनाको पहाड अग्लो देखिन्छ। शान्ती शर्मा ले मूलतः गजल जस्तो प्राविधिक विषयमा आफ्नो उत्कृष्ट कलम चलाइरहेकी छिन्। समयले निकै शक्तिशाली सृजनाहरु गर्न उत्प्रेरित बनाएको छ गजल्कारीता क्षेत्रमा शान्ति शर्मालाई।

जस्तै आँखाबाट आँखाहरु हराएको धेरै भो आँगनीमा चराहरू न आएको धेरै भो। ओइलाउँछन् ढुङ्गा किन फुल यति कडा मन्दिर तिर देउताहरू नधाएको धेरै भो। एकान्तमा जोडी ढुकुर देख्दा मुटु दुख्छ वसन्तमा कोइलीले नगाएको धेरै भो । शरदमा पनि देख्छु बैरागी यो छाया इन्द्रेणीमा सातै रङ्ग नछाएको धेरै भो। नदी हुँ म भन्छ बैंश सम्झाएर थाके न आउनेले् एक्लै मलाई पर्खाएको धेरै भो। समयको एउटा साँघुरो आँखीझ्यालबाट जीवनका थुप्रै आरोह अवरोहहरु छिचोल्दै एउटा सुखद भबिष्य बनाउने प्रयत्नमा लागेकी हुन्।

मान्छेहरूले बनाएको अस्तित्व को अग्ला अग्ला पहाडहरु भत्काएर प्रतिसोधको ज्वाला हरु र आधिहुरी हरु बीचको संघर्षीत पाईला हरु लाई सामाजिक जीवनमा उभ्याएर अप्रत्याशित सपनाहरूको सुन्दर मन बोकेर गजलका शेरहरु मार्फत आफ्नै जीबन खोज्दैछिन् शान्ती शर्मा। छातीभरि विभाजनको दीर्घकालीन घाउहरुले क्षतविक्षत बनाएको देशको भविष्य लेख्दैछिन। आँखाहरु मार्फत उधारो सपना असीमित आकांक्षाहरुले आफ्नै जिबन दुर्घटनामा परेको एउटा आलो घाउ मा मल्हम लगाउँदै छिन्।

अस्तित्व हराउँदै गएको आफ्नो जीवन जीवनको मूल्य र मान्यता र समयका घाउहरुले पोलिरहेको देशको संस्कृति सभ्यता विद्रोह विरोधाभास धेरै छन्। गजलकार शान्ति शर्माले आफ्ना मनका अनुभूतिहरुलाई समाजको ऐना मा रुपान्तरण गर्दै एउटा सिङ्गो जीवन व्यतीत गरिरहेकी छिन्। पछिल्लो समय जीवनका थुप्रै थुप्रै बिचारका जुलुस मन भरि बोकेर आकाशमा जूनको उज्यालो बिम्ब नियाल्दै मायाप्रेमका सस्ता सपनाहरूको महसुस गरिरहेकी हुन्छिन्। साथै र प्रेमका भावहरु युद्ध गरिरहेछन आफ्नै मनसँग प्रेमिल आँखा हरुले। हृदयमा माया हुन आँखाहरुमा पनि मायाँ हुनुपर्छ। माया गर्नलाई मन हुनुपर्छ। थुप्रै बाटोहरू हुनुपर्छ पर्छ कतै बिसौनी हुनुपर्छ कति दोबाटो हुनुपर्छ सायद यस्तै हुन्छ गजलकार शान्ति शर्मालाई, अम्लान फूलजस्तै कहिले नमर्ने कहिल्यै नओइलाउने हुनुपर्छ माया। मायामा कतिपय नभेट्ने किनार हुन्छन् तर तर नदीको किनार जस्तो भएर सधैं जिन्दगी बाँच्नु पर्ने माया पनि के माया?

गजलकारले माया मा यस्तै कुराहरु गरेकी छिन् गजल संग्रहमा हेरौँ केही नमुना तिमी सँग आँखा जुधे तीर लाग्यो मलाई जब तिम्रा आँखा झुके पीर लाग्यो मलाई गुलाब दियौ मुटु जस्तै माने तर सुक्यो घाइते याद फलामको जन्जिर लाग्यो मलाई हुरी चल्छ आशा ढल्छ आगो मात्र बल्छ मसानघाट आफ्नै मन मन्दिर लाग्यो मलाई गजलकार शान्ति शर्माले आफ्नो जीवन भोगाइका सन्दर्भमा थुप्रै अनुभूतिहरूको सिंगो पहाड टेकेर बाँचेको इतिहास लेखेकी छिन् । उनले भोगेका जीवनका भोगाईहरु सँगै पीडाहरूको एउटा दस्तावेज हो अम्लान फूलl।

समयका थुप्रै उतारचढाव हरु धेरै भोगाईहरु का श्रृंखलाहरु हुन् उनको यो अम्लानफूल। समाजका लागि नारीहरु किनबेच हुन्छन् किन यस्तो हुन्छन् किन नारीहरुले सामाजिक पीडा भोग्न बाध्य हुन्छन् आफ्नो जीवनको आधा शताब्दी जीवन भोगेर बाँचेकी छिन्। उनका गजलमा यस्तै समकालीन नारीका आवाजहरु छन् । जस्तै आँसुमा आगो छ र त पोल्छ भोकमा विद्रोह छ र त बोल्छ। पृष्ठ २५ रुनु भन्दा अघिनै आँसुका धारा छुटेछन् निदाउनु अघिनै मिठा सपना छुटेछ टुटेछन।

पृष्ठ १६ मलाई नखुल्ने बिहानी नदेऊ नफुल्ने रुखो जिन्दगानी नदेऊ। पृष्ठ ५८ जीवनमा भ्रम बोकेर बाच्न को पीडा उस्तै पीडा छ। नारीहरु बन्द पिंजडाभित्र थुनेर आफ्नो जीवनको थुप्रै पिडाहरु भोगिरहेका हुन्छन्। यीनै कुराहरु लेखेका छन् गजल संग्रहमा। जीवनको धेरै अर्थहरु हुनसक्छ यतिबेला अक्षरहरूको शब्द विमान चढेर जिन्दगीका थुप्रै रङ्गहरु बटुल्दै छात्तीभित्र प्रेमिल र सौम्य मायाका ईन्द्रेणी सपनाहरु बोकेर यात्रा गर्दै छिन् गजलकार शान्ति शर्मा।

मौनताको आकाश बिथोलेर स्वच्छ राख्नु हुँदै हुँदै आफ्नो गन्तब्य खोज्दै छन् अनि आँखाका दिग्भ्रमित सपनाहरु एउटा भ्रम जस्तो लाग्छ।क्षितिजमा उडिरहेको बाक्लो कुहिरोले गजलकार शान्ति शर्माको मौनतामा सिङ्गो स्वीकृती जनाएँ जस्तो लाग्छ। अक्षरहरु बोकेर अक्षरको पहाड उकलिरहेकी गजलकार शान्ति शर्मालेधेरै-धेरै छटपटी र धेरै सन्त्रासका बीच गजलको सिंगो पहाड उभ्याएकी छिन् छातीभरि अघोषित अन्तरद्वन्द हरु छन अस्तित्वको र घाउहरु छन् सरकार शान्ति शर्मा का। यस्तै अन्तरद्वन्द हरु नमेटिने घाउँहरु छन्।देश खोजिरहेकी छिन् छातीभित्र। गजलकार शान्ति शर्माले आफ्ना गजलहरुमा सामाजिक विषयवस्तु थुप्रै सन्दर्भ बताएकी छिन्। राजनीतिक प्रभाव र राजनैतिक विसंगतिका विरुद्ध लेखेकी छिन्। गजलकार सबै विषयवस्तु हो समय सान्दर्भिक छन् सापेक्षिक छन्। प्रत्येक अँध्यारोमा एउटा उज्यालो घाम भेट्न धेरै प्रार्थना गरीरहेकी छिन् शान्ति शर्मा ।

समिक्षक :

पुष्प अधिकारी `अञ्जली´

Comments

comments

सम्बन्धित शिर्षकहरु