प्रहरीले जारी गर्‍यो नेकपाका महासचिव विप्लवको पक्राउ पुर्जी (पत्रसहित)

काठमाडौँ । सरकार विरोधी गतिविधि गर्दे अाएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । विप्लवलाई तदारुकताका साथ खोजतलास गरि पक्राउ गर्न अादेश दिइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माघ ५ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्र काटेर यस्तो अादेश दिएको हो ।

१० वर्षे जनयुद्धमा अग्रणी भुमिका समेत निर्वाहा गरेका उनले अझै जनयुद्ध जारी नै छ भन्दै सरकार विरोधी गतिविधि संञ्चालन गर्दे अाएका छन् । ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसूरमा उनलाई गिरफ्तार गर्न भनिएको छ । सात दिनभित्र पक्राउ गर्न नसकिए वारेण्ट बदर नभएसम्म खोजतलास गरी पक्राउ गर्न समेत सो पत्रमा अादेश गरिएको छ ।

प्रहरी निरीक्षक केशवराज ज्ञवालीले हस्ताक्षर गरेको सो पत्रमा विप्लवलाई पक्राउ गरेर भोजपुर जिल्ला अदालत पठाउन भनिएको छ । विप्लवका दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तु शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरिएको छ ।

पत्र पुरानै मितिमा काटिएको भएपनि माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्री भएपछि पक्राउ पुर्जी टाँसिएको हो ।

यस्तो छ पत्र-

 

Comments

comments

सम्बन्धित शिर्षकहरु