अस्ट्रेलियाको नयाँ उपप्रधानमन्त्रीले सम्हाले कार्यभार

अस्ट्रेलिया । अस्ट्रेलियामा नयाँ उपप्रधानमन्त्रीले सोमवार कार्यभार सम्हालेका छन् । नेसनल पार्टीका सांसदहरूले माइकल म्याक्कर्मोकलाई आफ्नो नेता छानेपछि उनी उपप्रधानमन्त्री भए ।

उनका पूर्ववर्ती बार्नबी जोयसले यौन उत्पीडनको आरोप लागेपछि राजीनामा दिएका थिए । तर उनले संसदबाट राजीनामा दिएका थिएनन् । प्रतिनिधिसभामा प्रधानमन्त्री माल्कम टर्नबुललाई प्राप्त एक सीटको बहुमत कायम रहोस् भनी उनले त्यसो गरेका हुन् ।

प्रधानमन्त्रीको लिबरल पार्टीसँग नेसनल्स पार्टीको गठबन्धन समझदारीका कारण जोयस स्वतः उपप्रधानमन्त्री बनेका थिए । उपप्रधानमन्त्री छापिएपछि ५३ वर्षीय म्याक्कर्मोकले भने, ‘म एक योद्धा हुँ भन्ने कुरा मानिसले थाहा पाऊन् । मसामु एक ठूलो चुनौती छ ।’

जोयसको निजी जीवन विवादमा छ । विवाहको २४ वर्षपछि उनी आफ्नी पत्नीबाट अलग भएका थिए । उनका चार छोरी छन् ।

जोयस र पूर्व प्रेस सचिवको अफेयरको खबर आएको थियो । ती प्रेस सचिवले अप्रिलमा उनको बच्चा जन्माउने भएकी छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु