ट्रम्पसँग फोनमा चर्काचर्की परेपछि मेक्सिकोका राष्ट्रपतिद्वारा अमेरिका भ्रमण रद्द

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा चर्काचर्की परेपछि मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएतोले वाशिंगटन भ्रमणको योजना रद्द गरेका छन्। मार्चमा ह्वाइट हाउस भ्रमणको योजनामा रहेका निएतोले गत २० फेब्रुअरीको दिन ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए।

ट्रम्पले मेक्सिकोको सीमानामा लगाउने भनेको ‘पर्खालको मूल्य मेक्सिकोले नतिर्ने कुरा सार्वजनिक रुपमा नबोल्ने भएपछि’ निएतोले भ्रमण रद्द गरेको वाशिंगटन पोस्टले जनाएको छ।

टेलिफोन वार्ताका क्रममा ट्रम्प निएतोसँग रिसाएको मेक्सिकोका एक अधिकारीले जनाएका छन् भने एक ह्वाइट हाउस कर्मचारीले यो टेलिफोन वार्ता अघिल्लो सालको जत्तिकै ‘शत्रुतायुक्त’ नभएको बताएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु