पूर्वसम्पादक बने अष्ट्रेलियाको नयाँ उपराष्ट्रपति

एजेन्सी । अष्ट्रेलियाको सत्ता साझेदर दोस्रो दल नेशनलले त्यहाँको क्षेत्रीय अखबारका एकजना पूर्वसम्पादकलाई आफ्नो नेता चुनेको छ । दलका नेता चुनिएपछि उनी स्वतः उपराष्ट्रपति चुनिएका छन् ।

दुईवर्षसम्म उपराष्ट्रपतिको कार्यकाल सम्हालेका बार्नबी जोएस आफ्नै पूर्व प्रेस संयोजकसँग अवैधानिक सम्बन्ध राखेको विवादमा परेपछि उनले शुक्रबार राजीनामा दिएका थिए । राजीनामा लगत्तै दलले पूर्व सम्पादक माइकेल क्याककर्माकलाई नेताको रुपमा चुनेको हो ।

विपक्षमा उम्मेद्वारी दिएका जर्ज क्रिष्टेन्शनलाई पछि पार्दै म्याककर्माकले उक्त रिक्त स्थान हासिल गरेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु