यसकारण उपत्यकामा गोरुले जोतिँदैन

काठमाडौँ । नेवार समुदायको मूल थातथलो मानिने काठमाडौं उपत्यकामा गोरु नारेर जोत्ने गरिँदैन । परापूर्वकालदेखि नै यहाँका समुदायमा कुटो, कोदालो वा अन्य कुनै औजार प्रयोग गरी हातपाखुराका भरमा खेतीपाती गरिँदै आएको मानिन्छ ।

प्रविधिको विकाससँगै यहाँ केही बर्ष अघिदेखि ट्रयाक्टरले खेतबारी जोत्ने चलन पनि सुरु भयो । यसले यहाँका किसानलाई धेरै मदत पुर्‍याएको थियो । संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभित्र पशुपति नगरी भएकाले पशुपतिबाट देखिने क्षेत्रमा गोरु नारेर जोत्न नहुने शास्त्रीय मान्यता छ ।

गोरुले जोतेदेखि धर्मको अपमान हुने, पाप लाग्ने, मानिसहरु बिरामी पर्ने लगायत विश्वास गरिन्छ । धार्मिक किंवदन्तीमा पनि गोरुलाई महादेवका वाहान मानिन्छ । उनले भने,-‘गोरुको चार खुट्टालाई पनि धर्मको प्रतीकका रुपमा लिइन्छ ।त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ ।उपत्यकाभित्र गोरु नारेर खेतबारी जोत्न नहुने मुख्य कारण यही मात्र हो ।’ अाजको नागरिक दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु