अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ बधाई दिएका छन् । आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा राष्ट्रपति ट्रम्पले तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सह्राहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।

अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु