यी हुन संसारका पाँच धनाढ्य अभिनेताहरू

एजेन्सी । पर्दामा जस्ताेसुकै भूमिकामा देखिने कलाकारकाे पनि वास्तविक जीवन हामी कल्पना गर्न सक्दैनाै । अारामदायी जीवन विताउने सेलब्रेतीसँग अकुत सम्पत्ति कहाँबाट आउछ होला भन्ने धेरैको चासोको विषय हुनसक्छ । सेलिब्रेटीहरू उसैपनि आरामदायी जीवन चाहन्छन् भन्ने कुरा हाम्रा लागि नौलो होइन, तर उनीहरुले आफ्नो इच्छा कसरी पूरा गर्छन् भन्ने कुरा चाँही हामीलाई अपत्यारिलो लाग्न सक्छ । सेलिब्रेटीहरूको कमाई कलाकारिताबाट मात्रै हुँदैन्। कलाकारितासँगै उनीहरुले कुनै न कुनै व्यवसाय अंगालेका हुन्छन् । जसले गर्दा उनीहरुको आरामदायी जीवनयापनका लागि सहज हुन्छ । उनीहरु चर्चामा त हुन्छन् नै धनाढ्यको सूचीमा पनि पर्न सक्छन् । यस्तै धनाढ्य अभिनेताहरु
जसको हामी यहाँ चर्चा गर्दछौं ।

१. जेरी सेनफिल्ड
चर्चित अमेरिकी हाँस्य कलाकार जेरी जेरी सेनफिल्डको सम्पत्ति ८५ करोड अमेरिकी डलर छ । उनी विश्वकै धनी अभिनेताको सूचीमा अग्रस्थानमा पर्छन् । अभिनय, लेखन, निर्देशन सबै काममा पोख्त ६३ वर्षीय जेरीको अहिलेको सम्पत्ति क्यामेराको पर्दा भित्रभन्दा बाहिर छ।

२. शाहरुख खान
बलिउडका ‘किङ खान’ शाहरुख खान ६० करोड अमेरिकी डलरको मालिक हुन् । बलिउडमा शाहरूखले ७५ भन्दा बढी फिल्म आफ्नै कम्पनीमार्फत निमार्ण गरिसकेका छन्। उनी समान्य अभिनेता भएपनि उनको कमाई असमान्य छ। उनी जति धनाढ्य छन्, उत्ति नै उदार पनि। उनले युनेस्को लगायतका धेरै संस्थालाई आर्थिक सहयोग गरिसकेका छन्। शाहरुख धन अनुसारको शौख पनि राख्छन्। उनीसँग बिभिन्न ठाँउमा घर र सुविधा सम्पन्न कार छ।

३. टम क्रुज
अमेरिकी अभिनेता तथा निर्माता टम क्रुज ४८ करोड अमेरिकी डलरका मालिक हुन्। लामो समयदेखि जमेका यी अभिनेता सन् २०१२ मा हलिउडमा सबै भन्दा बढी कर तिर्ने हिरो बनेका थिए। उनका १६ बढी फिल्मले अमेरिकालगायत अन्य देशमा १ करोड डलर बढी कमाई गरेको थियो। टमको आफ्नै प्रोडक्सन कम्पनी पनि छ। उनी हलिउडमा सक्षम र शक्तीशाली ब्यक्तिको सूचीमा अटाउन सफल छन्।

४. टेलर पेरी
अमेरिकी हाँस्य कलाकार टेलर पेरी ४५ करोड अमेरिकी डलरका मालिक हुन्। उनी एक मात्र यस्ता कलाकार हुन्, जसले पछिल्लो ५ बर्ष यता लगातार बक्स अफिसमा उत्कृष्ट फिल्म दिन सफल भए। उनी हलिउडमा पैसा बनाउने कलाकारका रुपमा समेत ख्यातीप्राप्त छन्। उनको १३ फिल्मले बक्स अफिसमा ६० करोड डलर कमाई गरेको थियो। पेरी सन् २०११ मा फिल्मी क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने अभिनेता बनेका थिए।

५. मेल गिब्सन
ओस्कार विजेता मेल गिब्सन ४२ करोड ५० लाख अमेरिकी डलरका मालिक हुन्। जसलाई हलिउडको कामुक अभिनेताको रुपमा हेर्ने गरिन्छ। कुनै बेला उनी बक्स अफिसमा सर्वाधिक कमाई गर्ने अभिनेता बनेका थिए। गिब्सन हाल कलाकारितामार्फ फिल्म निर्देशन र निमार्णमा पनि सक्रिय छन्। फिल्मी दुनियामा सफल गिब्सनको सन् २००९ मा सबैभन्दा महंगो डिभोर्स भएको थियो। जतिबेला उनको सम्पत्ति ८५ करोड डलर थियो, त्यति नै बेला डिभोर्स भएको थियो। यसपछि उनको सम्पत्ति घटेर ४२ करोड ५० लाखमा झरेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु