जीवन परिवर्तनका लागि एडिलेडमा उत्प्रेरणात्मक योग तथा अध्यात्म शिविर

 

असनेपाल न्युज । जीवनमा  कहिलेकाहि ठुला र सुनाैला अवसरहरू अाउँछन् । तिनले घचघच्याउँछन्, कतिले तिनलार्इ थाहा पाउँछन् त कतिले पाउँदैनन् । यदि तपार्इ जीवनमा थकित र द्रवित हुनुभएको छ भने अथवा जीवन लार्इ नयाँ बाटोबाट हिँडाउन चाहनुहुन्छ भने अवस्य यो कार्यक्रममा अाउनुहोला भन्दै “एडिलेडका नेपाली समुदाय”ले एक विशेष उत्प्रेरणात्मक कार्यक्रम अायोजना गरेका छन् ।

संसारभर पुर्वीय विज्ञानका मनोवैज्ञानिक विधिहरूलार्इ अात्मसाथ गर्दै उत्प्रेरणात्मक प्रवचन तथा योगका वैज्ञानिक सुत्रहरूलार्इ प्रचार गर्दै हिँडिरहनु भएको उत्प्रेरक वक्ता तथा योगी अाचार्य राजन शर्माद्वारा सो शिविर एडिलेडमा अायोजना गरीएको हो । एडिलेड नेपाली विद्यालय द्वारा अायोजित सो कार्यक्रममा उत्प्रेरक भनार्इ, योग, ध्यान लगायतका कार्यक्रमहरू हुनेछन् । “अार्ट अफ ह्यापीनेस एण्ड मोटीभेस्नल टक “नामको कार्यक्रममा विभिन्न संगीतमय ध्यान  समेत हुने कार्यक्रम अायोजकका तर्फबाट दया पराजुली असनेपाल न्युजलार्इ बताउनुहुन्छ ।

सो अवशरमा विदेशमा रहेका बालबालिकाहरूलार्इ कसरी संस्कार सिकाउने र विदेशबाट नेपाल र नेपालीलार्इ कसरी उठाउन सकिन्छ भन्ने सकारात्मक चिन्तनका कुराहरूलार्इ एक जागरणको रूपमा प्रस्तुत गरीने छ । बालबालिका देखि वृद्द सम्म सहभागी हुने सो कार्यक्रममा स्वास्थ्य र चिकित्सकिय विभिन्न कार्यक्रमहरू प्रस्तुत हुने छ भने मानिसहरूको बीचमा अात्मीयता, भातृत्व र सकारत्मकपन बढाउन विशेष कार्यक्रम गरीने छ ।

“अार्ट अफ ह्यापीनेस” नाम दिइएको सो कार्यक्रमबाट नेपाली समुदाय मात्र नभर्इ अन्य समुदायहरू समेत लाभान्वित हुने भएका छन् । सो अवशरमा नेपाली समुदायको अलावा अष्ट्रेलियाली समुदाय समेत सहभागी हुने जनाइएको छ । नेपाली मुलका भुटानीहरूले समेत अाइतबारको दिन एक विशेष कार्यक्रम अायोजना गरेका छन् । एडिलेडको अास्कर्ट पार्क प्राइमरी स्कुलमा अायोजना गरीने सो कार्यक्रम शनिबार ९ बजेदेखि १२:३० सम्म हुनेछ भने अाइतबार नेपाली भुटानी समुदायको अायोजनामा एडिलेडमै एक विशेष रोचकताका साथ कार्यक्रम सम्पन्न हुनेछ ।

आचार्य राजन शर्माका भिडियोहरू निम्न लिङ्क मार्फत हेर्न सकिने छ :http://ausnepalnews.com/2016/08/33606.html#.Wo6AUBNub64

Comments

comments

सम्बन्धित शिर्षकहरु