“गमलाको झार हैन ,विशाल छहारि दिने पिपलबोट बनेर बांच्नुहोस्। “-आचार्य राजन शर्मा

जिन्दगीलाई रुपान्तरण गर्न चाहनेहरूका लागि एक बुलन्द आवाज
सन्जिव अर्याल , असनेपालअन्युज ।
हरेक मान्छेमा एक महानतम क्षमता लुकेको हुन्छ । उत्प्रेरणाका शब्दहरूले जब त्यो क्षमतालाई घचघच्यांउंछ तब एउटा मान्छेको सिर्जनशिलता आगो बनेर बाहिर निस्कन्छ !आचार्य राजन शर्माका यस्तै उर्जाशिल शब्दहरू अभिब्यक्त्त हुंदा अस्ट्रेलियांमा युवाहरु विच एक नयां सकारात्मक तरङ्ग ल्याएको छ ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)को मुख्य आयोजना ,असनेपालन्यूजको प्रस्तुति तथा सहयोगि हातहरुको समुह ,को संयुक्त आयोजनामा सिड्नी र मेलवर्नमा राष्ट्र, राष्ट्रियता र सकारत्मक जीवन सम्बन्धी एक विशेष उत्प्रेरणात्मक कार्यक्रममा उहांले यस्तो धारणा राख्नु भएको हो ।
विश्व शान्ति परिषदका शान्ति दूत तथा फिजीका लागि नेपाली सांस्कृतिक राजदूत आचार्य राजन शर्मा ( भीमसेन सापकोटा)ले संसारमा जहाँ गएपनि हामी कसरी बसेका छाैँ भन्दा हामी कसरी कुन परिस्थितीमा बसेका छाैँ र कसरी अगाडि बढेका छाैँ भन्ने कुराले महत्व राख्छ । तसर्थ सबैले सोंचलाई परिवर्तन गरेर अाजैबाट जीवनमा एउटा नयाँपन दिन सकिन्छ भन्दै विभिन्न प्रयोगात्मक प्रस्तुतिका साथ अाफ्नो उ्जाशील उत्प्रेरक भनाई राख्नुभएको थियो ।गडगडाहट र हाँसोका फोहोराबीच अगाडी बढेको उहाँको उत्प्रेरणात्मक अभिव्यक्ति सबैका लागी रोचक र सकारात्मक तरङ्ग ल्याउने बनेको थियो। उहांको सम्बोधनको सानो अंश हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ! उहांका आवाजहरूले विश्वका हजारौं युवाहरू विच सकारात्मक जीवन को एक नयाँं आशा फैलाएको छ भने हार , र निरास बनेको कयौं मुटुहरूको एक उर्जा बनेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु