चियाको साथमा चुरोट पिउँने बानी बन्न सक्छ प्राणघातक

एजेन्सी । चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ तर त्यसलाई चियाको साथमा पिउँदा त्यसले पेट र घाँटीमा नराम्रो असर पुर्‍याइरहेको हुन्छ ।

एउटा नयाँ अनुसन्धानले धुम्रपान गरिरहेको समयमा तातो चिया पिउनाले ऐसोफैगल क्यानसरको खतरा पाँच गुणा बढ्ने देखाएको छ । चियाले हाम्रो शरीरको ऐसोफैगस तन्तुलाई हानी पुर्‍याउँछ । यस्तो अवस्थामा धुम्रपान पनि साथै गर्नाले ऐसोफैगस क्यान्सरको खतरा बढ्छ ।

धुम्रपान र मध्यपानलाई त ऐसोफैगस क्यान्सरको कारकको रुपमा पहिले नै अनुसन्धानहरुले देखाइसकेको छ । सिगरेटको साथमा चिया मात्र नभएर सबै तातो वस्तु या पेय पदार्थहरुको सेवन नगर्न अनुसन्धानहरुले सचेत गराएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु