पोखरामा बम बिस्फोट-प्रहरी र पत्रकार घाईते, बानेश्वरमा शंकाष्पद वस्तु फेला

काठमाडौं । पोखरामा बम बिस्फोट हुँदा प्रहरी र पत्रकार घाइते भएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेको र बन्दकाक्रममा कस्कीको विजयपुरमा शंकाष्पद वस्तु फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोली विजयपुर पुग्न समय लागेको र त्यही क्रममा वम विष्फोट भएको जनाइएको छ । घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

यसैबीच, झापाको दमकमा पनि विष्फोट भएको छ । दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो । विष्फोटबाट कुनै भौतिक एवं मानवीय क्षति भने नभएको बताईएको छ । बन्दकर्ताले स्थानीयलाई तर्साउनका लागि सामान्य पटका पड्काएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यता महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । वृतका डिएसपी रवि पौडेलका अनुसार अहिले त्यहाँ नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेको र बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको छ । यसैबीच, पुलमा बम भेटिएपछि त्यस रुट भएर चल्ने सवारी साधनलाई करिडोरको बाटो हुदैं डाईभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु