दुई पार्टीबीच औपचारिक एकता प्रक्रिया सुरु भएकोमा शुभकामना र बधाई-बाबुराम

काठमाडौं । नयाँशक्तिका बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकतालाई बधाई र शुभकामना दिएका छन्। मंगलबार विहान सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत् भट्टराई दुई पार्टीबीच औपचारिक एकता प्रक्रिया सुरु भएकोमा शुभकामना र बधाई दिएका हुन्।

एमाले–माके एकताप्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक वधाइ तथा शुभकामना। यसबाट अब नेपाली जनतालाई विचार, नीति, कार्यक्रम रकार्यशैली एउटै भएका, तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुनेछ।’

एमाले–माओवादी केन्द्रबीचको एकताबाट आफूले निर्माण गर्न खोजेको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्ने दावी पनि भट्टराईले गरेका छन्।

उनले भनेका छन्, ‘अब देशमा दोश्रो विश्वदुद्ध पछिको शितयुद्धकालीन दुइध्रुवीय परिवेशमा जन्मेर हुर्केका परम्परागत उदारवादी लोकतन्त्रको पक्षधर कांग्रेस र स्टालिनवादी राज्य- समाजवाद पक्षधर कम्युनिष्ट ध्रुवको विकल्पमा एक्काइसौं शताब्दी र चौथो औद्योगिक क्रान्तिको विश्वसन्दर्भ र भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको तथा क्रोनि क्यापिटालिज्म (आसेपासे पुँजीवाद) को दुष्चक्रमा फस्न थालेको नेपालको विशिष्ठ परिस्थिति अनुकुलको समावेसी–समानुपातिक–सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद वा नयाँ समाजवादको तेश्रो धार निर्माण गर्न मदत पुग्नेछ।’

 

Comments

comments

सम्बन्धित शिर्षकहरु