छायाँ छविमा पाँचौं काव्य श्रृङ्खला

काठमाडाैँ । बागबजारस्थित सिटी म्याक्समा एक भव्य समारोह बीच छायाछवि काव्यकाे पाँचाैँ श्रृङ्खला सम्पन्न भएकाे छ। कार्यक्रममा गजलकार विपीन सलामी र कवि रञ्जना निराैलाले पहिलाे र दाेस्राे चरण गरी ५/५ वटा गजल र कविता वाचन गरे।

कहीँ देखे चिनेको अनुहारझैँ लाग्दै छ

यौटा ब्यस्त मान्छे बागबजारझैँ लाग्दै छ

घरि फ्रक, घरि कपाल चलाउने हावा

उही स्कुलको चकचके यार झैँ लाग्दै छ

गजलकार सलामीले यी शेर सुनाउँदा दर्शकले तालीले साथ दिएका थिए । उनले देशकाे बेराेजगारी समस्या, अाफ्नाे बालापनकाे स्मृति तथा समसामयिक राजनीतिक घटनाक्रमलाई गजलकाे माध्यमबाट सुन्दर तरिकाले चित्रित गरेका छन् । सलामीका सुन्दर गजललाई उनको वाचनकलाले झनै सनमा सुगन्ध थपेक‍ो थियो । जव गध कवि र र गजलकार एउटै समारोहमा वाचन गर्नु पर्ने अवस्था अाउँछ कविको मनमा गजलकारको अगाडि अाँफु अोझेलमा त परिन्न भन्ने एक किसिमको डर पैदा हुन्छ । गजल अाफैमा लयात्मक विधा भएको हुदा त्यो हुनु पनि स्वभाविक हो ।

सायद कवि निरौलाले पनि यस्तै सोचेकी थिइन् होला तर जव उनी विभिन्न रस र अायामका कविता प्रस्तुत गर्न थालिन् दर्शकहरुको ध्यान झनै केन्द्रित हुन थाल्यो। गध कविता र अाख्यान लेखनमा ससक्त रुपमा कलम चलाइरहेकी निरौलाले शहीदहरूकाे सम्झनामा ‘प्रजातन्त्र दिवस’ कविता सुनाउँदा दर्शक मन्त्रमुग्ध भएका थिए। उनले ‘अामा छाेरी र म’, ‘मेराे एउटा दाइ’, ‘अराजक प्रेमी’ जस्ता कविता सुनाइन् । उनका कवितामा महिला उत्पीडन, स्वतन्त्रता, समानता तथा प्रेमका कुराहरू प्रचुर मात्रामा आएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बाेल्दै गीतकार तथा गजलकार करुण थापाले सुन्दर गजल र कविता सुन्न पाउँदा अाफू हर्षित भएकाे बताए। चलचित्रकर्मी दीपाश्री निराैलाले कला र साहित्य समाजका अभिन्न र अन्योन्याश्रित पाटा भएको हुँदा यस्ता खालका कार्यक्रमहरु स्वागतयोग्य रहेको कुरा प्रस्तुत गरिन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु