टर्कीविरुद्ध लड्न कुर्द र सिरियलाी सरकारबिच सम्झौता

एजेन्सी । सिरियाको उत्तरपश्चिमी क्षेत्रका कुर्द लडाकुहरुले टर्की हमलाको प्रत्याक्रमण गर्न सिरियाली सरकारसँग उसको सैनिकहरु पठाउन सम्झौता गरेको बताएको छ । तर दमासकसस्थित सिरियाली सरकारले हालसम्म उक्त सम्झौताको जवाफ दिएको छैन ।

टर्कीले अफ्रिन सिमा पारी सिरियामा रहँदै आएका ती कुर्द लडाकुहरुलाई आतंकवादी मान्दछ । उसले पछिल्लो महिना ती लडाकुहरुमाथि हमलाहरु गरेको थियो । तर उक्त क्षेत्रमा सिरियाली सैनिकको भने उपस्थिती छैन ।

एकजना वरिष्ठ कुर्द अधिकारी बादरान जिया कुर्दले अन्तराष्ट्रिय समाचार संस्था रोयटर्ससँग सरकारी सैनिकहरु केही दिनभित्र नै अफ्रिन क्षेत्रमा प्रवेश गर्नसक्ने बताएका थिए । साथै कुर्दले ती सरकरी सैनिकहरु सिमा क्षेत्रमा तैनाथ रहने पनि बताएका थिए ।

यदि उक्त सम्झौता वास्तवमै भएको हो भने ती टर्की सेनाहरुले अफ्रिन कुर्द लडाकु मात्र नभएर सिरियाली सैनिकको पनि सामना गर्नुपर्ने मध्य एसियाका सम्पादक एलान जन्सटनले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु