‘मैले विवाह गरिनँ, त्यसैले तिम्रो बाबा छैनन्’

मेरी सात वर्षकी छोरी अरु कुनै पनि बच्चाजस्तै खुसी, अकिञ्चन र जिज्ञासु छिन् । उनी आफ्नो वरिपरिको संसार र आफ्नो जिन्दगीलाई लिएर उत्सुक छिन् । तर, प्रायः उनी एक प्रश्न सोध्छिन्, ‘ममी, मेरो बाबा किन हुनुहुन्न ?’

मैले एक्लै बस्ने निर्णय लिएकी थिएँ र उनलाई सधैं साँचो कुरा बताइरहेँ कि ‘मैले विवाह गरिनँ, त्यसैले तिम्रो कोही बाबा छैनन् ।’तर मलाई लाग्दैन कि मेरो उक्त जवाफबाट उनी सन्तुष्ट छिन् ।
मैले छोरीलाई ‘एडप्ट’ गरेँ र उनको मन मेरो परिवारमा आएर पनि व्याकुल थियो, जहाँ आमा छिन् तर बाबा छैनन् ।
जब उनी पाँच वर्षकी थिइन्, उनले एक दिन भनिन्, ‘ममी, तपाईंले मलाई भन्नुभएको थियो, जब केटाकेटी ठूला हुन्छन्, उनीहरुले विवाह गर्छन् र उनीहरुको बच्चा पनि हुन्छ । मेरो आमालाई पनि पक्कै कसैले विवाह गरेको होला । र, जब मलाई जन्म दिने आमाबारे थाहा छैन, त्यसैगरी पिताबारे पनि थाहा छैन । तर, मेरो बाबा नै छैन भनेर नभन्नुहोला ।’

म केवल रोइरहेँ । उक्त दिन मेरी छोरीको प्रश्नमा मेरो जवाफले उनलाई कस्तो अनुभूति भइरहेको रहेछ भन्ने महसुस गरेँ । उनको लागि एक सरल तर्क थियो । एक पाँच वर्षकी केटीले आफ्नो प्रश्नको जवाफ खोजेकी थिइन् । उनले मेरो स्पष्टीकरणलाई निरर्थक बनाइदिएकी थिइन् । एक आमा र मानिसको रुपमामा उनले मलाई सोच्नको लागि बाध्यता बनाइदिइन् कि मैले उनलाई कस्तो अनुभूति दिइरहेकी छु ।

उनले भनिन्- ‘अब, विवाह गर …’

मैले सम्झाएँ- ‘यस्तो होइन कि म विवाह नै गर्न चाहन्नँ । भोलि नै म विवाह गर्न सक्छु । तर, त्यतिबेला जब मलाई र तिमीलाई बुझ्ने मानिस मैले फेला पार्छु ।’

जब उनी ठूली हुन्छिन् र फेरि मलाई यही प्रश्न दोहोर्‍याइन् भने पनि मेरो जवाफ यही हुनेछ ।
एक्लै हुनु कुनै पनि प्रकारले अप्ठेरो हुँदैन । म आफ्नी छोरीको साथ एकल आमाको जीवन खुसीसाथ बिताइरहेकी छु ।
म पुरुषलाई घृणा गर्दिनँ, म उनीहरुको कुरालाई सम्मान गर्छु र मेरी छोरीले पनि मबाट यही सिकिरहेकी छिन् । मैले विवाह किन गरिनँ र एक्लै भए पनि मैले बच्चा एडप्ट गर्ने फैसला किन गरेँ ? यसको जवाफ कठिन छैन ।

झण्डै २० वर्ष पहिला जब मेरो विवाहको उमेर भएको थियो, प्रायजसो तथाकथित ‘शिक्षित’ युवाहरु प्रायः आफूलाई मानिसहरुले कस्तो देखिरहेका छन् भनेर बुझिरहेका हुन्छन् । मेरो समुदायमा धेरैजसो मानिस व्यवसाय गर्दछन् र यसकारण युवाहरु बढी पढेलेखेका छैनन् ।
मलाई कोही यस्तो व्यक्ति चाहिएको थियो, जसले राम्रो पढे लेखेको होस्, बलियो नैतिक मूल्यवाला होस् र जस्तो म भित्रैदेखि छु, उसले मन पराओस् । यही खोजीले मैले आफूलाई नै राम्रोसँग जान्ने मौका दियो । म महाराष्ट्रको एक रुढीवादी ग्रामिण परिवारमा हुर्किएकी हुँ ।

भारतका कयौं अन्य युवतीजस्तै म आफ्नै घरभित्र अस्तित्वको खोजीमा थिएँ । परिवारलाई मेरी यस्तो दृष्टिकोणप्रति खासै प्रभाव थिएन । मेरो बाबाले मलाई उच्च शिक्षा दिनुभयो मलाई, जुन कुरा उक्त समाजमा असाधारण कुरा थियो । मलाई एक राम्रो नोकरी मिल्यो । म एक आत्मविश्वासले भरिपूर्ण युवती थिएँ ।
जस्तो जस्तो जिन्दगी अगाडि बढ्दै गयो, मुझे यस्तो महसुस भयो कि मलाई आफ्नै तरिकाले एक स्वतन्त्र जिन्दगी बाँच्न मन लाग्यो, कोही अरुको रुचिअनुसार होइन । विवाह जोसुकैको पनि जीवनको एउटा असाध्यै ठूलो निर्णय हो । यसप्रति केवल मेरो र मेरो एक्लै निर्णय हुनुपर्दछ । कोही अरुले मेरो जीवनको निर्णय कसरी गर्न सक्छ ?

मलाई लाग्यो कि वास्तवमा आफ्नो जीवनमा एक पुरुष वा पतिको जीवनसाथीको रुपमा रहन चाहिनँ । यसकारण नै म एक्लै बसेँ । मेरो माता-पिताले यसलाई स्वीकार गरे । मेरो जीवनमा केही बदलिन्नथ्यो यदि म आफ्नो कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत अनाथ बच्चाको लागि काम गर्न सुरु नगरेको भए ।
पढ्ने, खेल्ने र बच्चाको साथ समय बिताउने काममा म एकदमै खुसी हुन्थेँ । यी सबै काम गर्न मलाई भित्रैदेखि चाहना हुन्थ्यो । तर, म के गर्न सक्छु, यसको पनि एउटा सीमा थियो र यसबाट टाढा बस्नु पनि मेरो लागि सहन सक्ने कुरा थिएन ।
त्यसपछि मैले बच्चा धर्मसन्तान लिने सोच बनाएँ । तर यो उपायले मेरो अगाडि कयौं प्रश्नहरु जन्माइदिए । यो बच्चाले परिवारको साथ कस्तो सम्बन्ध जोड्ला ? एक म एक असल एकल आमा बन्न सक्छु ? के म बच्चाको देखभाल गर्न सक्छु र उसलाई एक्लै पाल्न सक्छु ?

मैले आफैँसँग पनि यो प्रश्न दुई वर्षदेखि सोध्दै आइरहेकी छु । र, यहाँसम्मकी जब मैले एक बालिकालाई धर्मपुत्रीको रुपमा लिने निर्णय गरेँ, त्यतिबेला पनि यसबारे अनिश्चित थिएँ ।
मैले आफ्नो साथीहरुसँग कुरा गरैँ, लामो श्वास लिएँ र ती सवालहरुलाई कापीमा उतारेँ जसले मलाई हैरान बनाइरहेका थिए ।
के यो सब एकल आमा बन्ने जिम्मेवारीको महसुसीकरण थियो ? मलाई मैले लिन लागेको कदमको लागि आफ्नो परिवार र साथीहरुको समर्थन कति महत्वपूर्ण हुन्छ भन्ने महसुस पनि गरेँ । जब मेरो ६ महिनाकी सुन्दरी छोरी घरमा आइन्, तब मेरो लागि उक्त दिन उत्सवको दिन भयो । उक्त दिन करिब ५० जना मानिसहरु उनलाई स्वागत गर्न मेरो घर आइपुगेका थिए ।
जब उनी घर आइन्, मेरा सबै शंकाहरु टाढा भागे । उनी घरकी प्यारी नातिनी बनिन् र म एक आत्मविश्वासी एकल आमा ।

साथै, मैले आफ्नो आमाबुवाको घरबाट बाहिर एक्लै बस्ने निर्णय गरेँ । यसबाट हाम्रो सम्बन्ध झनै मजबुत हुन गयो ।

मलाई कहिल्यै लागेन कि म उनको असली आमा होइन । उनको मनमा आफ्नो पिताको बारेमा जान्ने जिज्ञासाको बावजुत मेरी छोरीले मलाई एकदमै माया गर्छिन् । उनले प्रायः मलाई भन्छिन् कि म संसारकै सबैभन्दा असल आमा हुँ । जब उनले म काम गरिरहेको देख्छिन्, तब भन्छिन्, अब तपाई मेरो बाबा पनि हो । यो उनको भनाई बहुमूल्य छ ।

एउटा धर्मपुत्री बच्चाको जीवन सजिलो हुँदैन र हामी दुई समाजबाट आउने विभिन्न असंवेदनशील प्रश्नहरुको जवाफ दिन सिकिरहेका छौं जसको जवाफ हाम्रो समाजले खोजिरहेको हुन्छ । कयौं मानिसहरु मेरी छोरीको विगत जान्न चाहन्छन्, जुन कुरा वास्तवमा बितिसकेको छ । किन मानिसहरु यस्ता प्रश्न सोध्छन् ? र उनीसँग यस्ता प्रश्नहरु किन सोधिन्छन् ?

यी सबै जटिलताहरुको बावजुद हाम्रो जीवन असाध्यै सरल छ, आनन्द र प्रेमले भरिएको छ । यी सबैकुराबाट मेरी बहिनी प्रेरित भएकी छिन् र उनले पनि एउटी बालिकालाई अपनाएकी छिन् । मेरी छोरी मेरो जीवनको एकदमै महत्वपूर्ण हिस्सा बनेकी छन् । अब म सबैलाई धर्मपुत्री लिने प्रक्रिया अपनाउन आमाबुवा र बच्चाहरुलाई सल्लाह दिन्छु ।

मेरी छोरी विद्यालय जान रुचाउँदिनन् । त्यसैले मैले घरमा नै उनको शिक्षा दीक्षाको व्यवस्था सुरु गरेकी छु । म उनलाई आफ्नो निर्णय आफैं लिनको लागि मद्दत गर्न चाहन्छु । यस्तो अवसर मलाई मेरो बाल्यकालमा मिलेको थिएन, जुन कुराको मेरो जीवनमा असाध्यै महत्वपूर्ण अर्थ छ ।

जब उनले म स्कूल जान चाहन्छु भन्नेछिन्, म उनलाई विद्यालय लिएर जानेछु । यो उसको आफ्नो पहिचान हो जसले उनलाई कुशल बनाउनेछ, जस्तो म छु । म एक्ली छैन, म केवल एक्लै बस्न चाहन्छु । तर जब म आफ्नी छोरीको साथ हुन्छु, तब सबैभन्दा बढी खुसी हुन्छु ।

#HerChoice 12 भारतीय महिलाहरुको वास्तविक जीवनको कहानीमा आधारित बीबीसी हिन्दीको विशेष श्रृंखला हो । यो कथा आधुनिक भारतिय महिलाको विचार र उनीहरुको अगाडि उपस्थित विकल्प, उनीहरुको आकांक्षा, उनीहरुको प्राथमिकता र इच्छाहरुलाई प्रस्तुत गरिन्छ ।

(यो भारती महिला संगीता बंगिनवारको वास्तविक कथा हो जुन बीबीसी संवाददाता प्राजक्ता धुलपसँगको कुराकानीमा आधारित छ । यो श्रृंखलाको उत्पादक दिव्या आर्य हुन् । हामीले यो सामग्री बीबीसी हिन्दीबाट साभार गरेका हौं )

Comments

comments

सम्बन्धित शिर्षकहरु