मेक्सिकोमा शताब्दीककै शक्तिशाली भूकम्प

एजेन्सी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको ओसाका क्षेत्रमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । यो एक शताव्दी यताकै शक्तिशाली भूकम्प गएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । भूकम्पको धक्का २ सय २५ माइल टाढासम्म महसुस गरिएको थियो । करिब २ मिनेटसम्म भूकम्प गएको स्थानीयले बताएका छन् ।

भूकम्पका कारण भवनहरु भत्किएका छन् भने हजारौं मानिसहरु घर बाहिर निस्किएका छन् । भूकम्पबाट भएको मानवीय क्षतिको विवरण भने प्राप्त नभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु