अष्ट्रेलियामा पढ्न,बस्न र हवाईटिकट सहितको छात्रवृत्ति खुल्यो,यसरी दिनुहोस् आवेदन

  • नेत्र पण्डित

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको लागि अवसर दिने भएको छ। स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागि ‘अष्ट्रेलिया अवार्डस्’को २०१९ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई यसखालको अवसर दिन लागेको हो ।

अष्ट्रेलियाले ‘अष्ट्रेलिया अवार्डस्’ मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका विद्यार्थीका लागी यसखालको अवसर दिने गर्दछ। नेपालमा ‘अष्ट्रेलियन अवार्डस्’का लागि महिला, अपांगता भएका तथा सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखिएको छ।

‘अष्ट्रेलियन अवार्डस्’मा नेपालबाट छानिनेहरूमा आधा महिला हुने छन्। अष्ट्रेलियाले नेपाली नागरिकलाई दिने ‘अष्ट्रेलिया अवार्डस्’ मध्ये ५० प्रतिशत महिलाका लागि हुने अष्ट्रेलियाको विदेश मामला तथा व्यापार विभागले जनाएको छ।

अष्ट्रेलियामा स्नातकोत्तर अध्ययनका लागि दिने यसखालको छात्रवृत्ति प्राप्त गर्नका लागि व्यवसायिक तथा व्यक्तिगत दक्षता साथै राम्रो शैक्षिक योग्यता आवश्यक पर्ने जनाईएको छ । अष्ट्रेलियामा बस्ने र पढ्ने अवसरका लागि छात्रवृत्ति वितरणमा नेपालको विकास र परिवर्तनमा सकारात्मक छाप छोड्न सक्ने सम्भावनालाई पनि प्रमुख प्राथमिकताका साथ हेर्ने गरिन्छ।

के-के चहिन्छ

‘अष्ट्रेलिया अवार्डस्’ छात्रवृत्तिका लागि शिक्षा, स्वास्थ्य, आर्थिक विकास, प्रशासन (सरकारी कर्मचारीलाई मात्र), अपांगता, लैंगिक, समावेसी साथै जलस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

यो छात्रवृत्तिका लागी आवेदकको अंग्रेजी भाषिक योग्यता आईएलटीएस (एकेडेमिक)मा कुल ६.५ स्कोर (सबै ब्याण्डमा कम्तिमा ६) वा सो बराबरको अन्य कुनै अंग्रेजी भाषा परिक्षाको प्राप्तांक तोकिएको छ।

यसबारेको विस्तृत जानकारी अंग्रेजी भाषामा यहाँ क्लिक गर्नुहोस्

Application dates

Awardee for the Australia Awards will commence study in Australia in 2019.

Application opening date: 1 February 2018

Closing date: 30 April 2018

Comments

comments

सम्बन्धित शिर्षकहरु