चलचित्र ‘कृ’ सिड्नीमा हाउसफुल,दर्शकको माग बढेपछि दुई ‘शो’ थप

सिड्नी । नेपाली बजारमा राम्रो सफलता पाएको यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘कृ अष्ट्रेलियको सिड्नीमा पनि हाउस फुल भएको छ । नेप कम्स सर्भिसेस् र ड्रिम हाईट इभेन्टको मूख्य प्रयोजनमा भित्रिएको चलचित्रको तीन शो नै हाउसफुल भएको ड्रिम हाईट इभेन्टका सञ्चालनक तथा फाउन्डर कपिल सिंखडाले बताए ।

दर्शकको मागलाई मध्य नजर गरेर अतिरिक्त दुई शो पनि थप गरिएको छ । उक्त शो आँउदो शनिवार र आईतवार प्रदर्शन गरिने सिंखडाले बताए । कृ सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो ।

कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता श्री पराजुली हुन् । ‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु