नेपाल विश्वकप छनोटमा, यसरी उल्ट्याए करणले खेल

काठमाडौं । पूरै नेपाली खेल उल्टाएका केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहे। सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रन मात्र बनाए पनि केसीलाई पुरा साथ दिए। नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रह्यो।

लगभग खेल नेपालको विपक्षमा गइसकेको थियो। ४३औं ओभरमा नेपालको नवौ विकेट गुम्यो। ४२ बलमा नेपाललाई ५१ रन आवश्यक थियो क्रिजमा थिए। करन केसी र सन्दिप लामिछाने।

पहिलो ओभरमा १० रन प्रहार गरेका करनले दोस्रो ओभरमा कुनै रन लिन सकेनन्। तेस्रो ओभरमा नेपालालई जितका लागि ३० बलमा ३८ रन आवश्यक थियो। हातमा थियो अन्तिम विकेट। ४६औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै आवश्यक रनरेट घटाए।

२४ बलमा नेपाललाई ३२ रन आवश्यक थियो। केसीले ४७औं ओभरमा एक रन लिए। १८ बलमा नेपाललाई जितका लागि ३० रन आवश्यक थियो। केसीले छक्कासहित ८ रन बनाए। १२ बलमा अब नेपाललाई २१ रन आवश्यक थियो। ४९ औं ओभरमा केसीले १ छक्का र १ चौकासहित १२ रन बनाए।

अब अन्तिम ओभरमा नेपालालई जितका लागि ८ रन आवश्यक थियो। पहिलो, दोस्रो, तेस्रो र चौथो बलसम्म करनले केही खेल्न सकेनन्। अब २ बलमा नेपाललाई ८ रन आवश्यक भयो। पाँचौ बलमा करनले छक्का हान्दै खेल उल्ट्याए। अब अन्तिम बलमा २ रन आवश्यक थियो। क्रिजमा थिए करन। तर क्यानाडेली बलर परवेजले वाइड फाले। अब नेपाललाई अन्तिम बलमा १ रन आवश्यक भयो। अन्तिम बलमा करनले १ रन लिँदै नेपालालाई फाइनलमा मात्र पुर्‍याएनन् डिभिजन एक तथा विश्वकप छनोट खेल नजिक नेपाललाई पुर्‍याए।

Comments

comments

सम्बन्धित शिर्षकहरु