२० दिनसम्म भारतको खर्च चलाउन सक्छन् मुकेश अम्बानी : ब्लूवर्ग प्रतिवेदन

एजेन्सी । ब्लूवर्गले रोबिनहुड सूचांक प्रतिवेदन २०१८ जारी गरेको छ । प्रतिवेदनमा ब्लूमवर्गले ४९ देशका सबैभन्दा धनी व्यक्तिहरुको सम्पत्ति र त्यस देशको सरकारी खर्चको तुलना गरेको छ ।

उक्त प्रतिवेदनमा सबैभन्दा धनी व्यक्तिले आफ्नो देशको सरकारको खर्ब डलर रहेको छ र भारतको दैनिक सरकारकी खर्च लगभग १९९ करोड डलर रहेको छ । यसले मुकेशले भारतीय सरकारको खर्च बीस दिनसम्म आफ्नो ताकतमा चलाउनसक्ने देखाएको छ ।

उक्त सूचीमा सबैभन्दा उच्च स्थानमा अमेरिकाका अर्बपति जेफ बेजाँस पर्न सफल भएका छन् । जेफसँग ९९ अर्व डलर सम्पत्ति छ र उनी आफ्नो देशको खर्च ५ दिनसम्म आफ्नै ताकतमा चलाउन सक्छन् ।

साना देशबाट साइप्रसका जोन फ्रेड्रिकसनले त्यहाँको सरकारको सय दिनको खर्च उठाउन सक्नेछन् । उनको सम्पत्ति दश अर्ब डलर रहेको छ । ब्लूवर्गको यो सूचीमा चार महिलाहरु पर्न सफल भएका छन् । ती महिलाहरु अंगोला, अष्ट्रेलिया, चिली र न्यादरल्याण्डका सबैभन्दा धनी उद्योगपति रहेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु