मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्म अनुसारको साइतमा शपथ गर्ने

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्म अनुसारको साइतमा शपथ गर्ने भएका छन् । बुधवार मुख्यमन्त्री बनेका राउतको शपथ ग्रहण समारोह बिहीवारका लागि तय गरिएको छ ।

पण्डित सन्तोष पाण्डेले शपथको लागि बिहीवार दिउँसो १२ बजेर १९ मिनेटदेखि देखि १ बजेर १३ मिनेटको साइत जुराइदिएका हुन् । हिन्दूधर्म अनुसार नै उनलाई गृहप्रवेशको साइत अपरान्ह ४ देखि ४ बजेर ४५ मिनेटकोबीचमा जुरेको पाण्डेले लोकान्तरलाई बताए ।

जनकपुरमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्री राउतलाई शपथ गराउने छन् । बहुसंख्यक हिन्दू सांसदको सुझाव अनुसार उनले साइत हेराएका हुन् ।

शपथपछि राउत जनकपुरको जानकी मन्दिर जान्छन् कि जानकी मन्दिर पछाडि रहेको मस्जिदमा जानेछन् भन्नेमा जनकपुरमा कौतुहलता बढेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु