चर्चित भएको दुई दिनमै प्रिया प्रकाशविरुद्ध प्रहरीमा उजूरी

 

एजेन्सी । एउटा सानो भिडियोको दृश्यबाट रातारात चर्चित भएकी साउथ इन्डियन फिल्म क्षेत्रकी नवोदित अभिनेत्री प्रिया प्रकाशको अगाडी एउटा ठूलो समस्या आएको छ । हैदराबादका मुस्लिम युवाहरुले प्रियाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उक्त उजुरीमा फिल्मका निर्माता लूलू र प्रियामाथि मुस्लिमको भावनामाथि आहात पुर्‍याएको आरोप लगाइएको छ ।

ती युवाहरुका अनुसार उक्त फिल्मको गीत ‘मनिक्या मालाराया पोभि’ लाई अंग्रेजीमा अनुवाद गर्दा त्यसले मुस्लिमहरुको पैगम्बरको बेइजती गरेको प्रतित हुने बताइएको छ । दुई दिनअगाडिदेखि प्रियाको आँखा झिम्क्याएको भिडियो भाइरल भएको छ । उनको भिडियोको सवत्र चर्चाले हाल उनी हजारौं मुटुहरुको धड्कन बनेकी छिन् ।

मुस्लिम समुदायमा हाल प्रियाको अनुहारको अभिव्यक्ति र गीतको शब्दहरुलाई लिएर विवाद उठेको छ । प्रहरीले उक्त उजुरीलाई सदर गरेको छ । यद्यपि, उजुरी दर्ता गराउने मोहम्मद अब्दुल नाम गरेका व्यक्तिले प्रिया प्रकाशको फिल्मी जीवनमाथि आफ्नो कुनै आपत्ति नभएको बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु