डीआइजी उत्तम कार्कीले पाए अख्तियारको उत्कृष्ठ अवार्ड

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीआइजी तथा अख्तियार सुरक्षा महाशाखा प्रमुख उत्तम कार्कीलार्इ अख्तियारको उत्कृष्ठ अवार्ड प्रदान गरेकाे छ । अाज अख्तियारको स्थापना दिवसको अवसर पारेर कार्कीलार्इ उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

भ्रष्टाचार विरूद्दका स्टिङ अपरेसन तथा अन्य अनुसन्धानमा कार्कीले उत्कृष्ठ कार्यसम्पादन तथा अख्तियार प्रति आम मानिसमा विश्वास र सकारात्मक भावना प्रेरित गर्न समेत महत्वपूर्ण योगदान पुर्याएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु