सिलवालविरूद्ध मुद्दा लिएर अदालत जान हच्किए कर्मचारी, महान्यायाधिवक्ता अाँफै जाने

काठमाडाैँ । पूर्व डिआईजी तथा एमाले सांसाद नवराज सिलवालविरुद्ध सरकारी कागजात किर्ते अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्ता कार्यालयका कर्मचारी मुद्दा दायर गर्नबाट पछि हटेका छन् । एमाले नेतृत्वमा सरकार गठन हुने पक्का पक्की भइसकेको बेलामा सरकारी कर्मचारी सिलवालविरूद्ध मुद्दा लिएर अदालत जान हच्किएका हुनसक्ने बताइएको छ । कर्मचारी पछि हटेपछि महान्यायाधिवक्ता वसन्तराम भण्डारी आफैँ अाज मुद्दा लिएर काठमाडौं जिल्ला अदालत जाने बताइएको छ ।

महान्यायाधिवक्ता तथा जिल्ला न्यायाधिवक्तालाई सरकारीवादी मुद्दा उठान गर्ने तथा ती मुद्दामाथि अदालतमा बहस गर्ने जिम्मेवारी हुन्छ। सिलवालविरुद्धको मुद्दा अघि बढाउन सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाल पछि हटेका हुन्। दाहालले मुद्दा दर्ताको आधार नरहेको भन्दै महान्यायाधिवक्तालाई जवाफ दिएका थिए ।

आफू मताहातका कर्मचारीले नटेरेपछि महान्यायाधिवक्ता भण्डारीले प्रत्यायोजित अधिकार आफूले फिर्ता गरी सिलवालविरुद्ध मुद्दा दर्ताको तयारी गरेका हुन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु