प्रधानन्यायाधीश विरुद्व सर्वाेच्चका वकिलहरुले गरे विरोध प्रदर्शन

काठमाडौं । जन्ममिति, नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुली र कामचलाउ हैसियतमा पुगीसकेका सरकारका कानूनमन्त्री यज्ञ बहादुर थापाले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै वकिलहरूले न्यायपरिषद् कार्यालय परिसरमा विरोध प्रदर्शन गरेका छन्।

विवादमा तानिएका प्रधानन्यायाधीश र एक /दुई दिनमात्र आयु रहेका सरकारका कानूनमन्त्री सम्मिलित बैठकले न्यायाधीश नियुक्ति जस्तो दिर्घकालीन असर हुने काम गर्न लागेका हुनाले त्यसलाई रोक्न विरोधस्वरूप प्रदर्शन गरेको वकिलहरुले जनाएका छन् ।

सर्वोच्चदेखि जिल्ला न्यायाधीशसम्म रिक्त पदमा न्यायाधीश नियुक्तिका लागि छलफल गर्न प्रधानन्यायाधीश पराजुलीले अाज न्यायपरिषद्को बैठक राखेका छन् । न्यायपरिषद्ले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्छ । प्रधानन्यायाधीश त्यसको अध्यक्ष हुन्छन् भने कानूनमन्त्री पदेन सदस्य हुन्छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु