अष्ट्रेलियामा नेपालीहरुको लागि प्रवेशाज्ञा नीति सरल बनाइने

असनेपाल न्युज, सिड्नी । अष्ट्रेलियाका अर्थसहायक मन्त्री डेभिड कोलम्यानले नेपालीलार्इ प्रवेशाज्ञा दिन काठमाडाैँबाट पहल गर्ने तथा प्रक्रियागत रूपमा थप सरल बनाउने विषयमा छलफल गर्ने बताउनु भएको छ । सिड्नीस्थित पेन्सस नेपाली कम्युनिटी र लिब्रल फ्रेन्ड्स अफ नेपालद्वारा अायोजित एक विशेष कार्यक्रममा बोल्दै उहाँले यसो बताउनु भएको हो ।

कार्यक्रममा पेन्सस् नेपाली कम्युनिटीको तर्फबाट राखिएका विभिन्न बुँदाहरूलार्इ अाफुले सकारात्मक रूपमा लिएको बताउँदै नेपाली समुदायलार्इ पेन्सस क्षेत्रमा कार्यक्रम हल तथा नेपाली विद्यार्थीको समस्या समाधानको पहलमा समेत अाफु सकारात्मक रहेको मन्त्री कोल्म्यानले बताउनुभयो ।

कार्यक्रममा नेपालका अर्थ राज्यमन्त्री विजय शमशेर राणाले नेपालमा लगानीको अवशर बढाउनका लागी अाफुहरूले विषेश पहल गर्ने र विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरेर त्यसको सुरक्षित तरीकाले मुनाफा अार्जन गर्ने तहका लागी नेपालको अार्थिक स्थितिको अाधारहरूको बारेमा विश्लेषण गर्नु भएको थियो ।

कार्यक्रममा अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्की शेर्पाले नेपालीहरूको सहयोगका लागी अष्ट्रेलियाली सरकारले विभिन्न कदम चालेको बताउँदै नेपालमा हुन लागेको संघियताको अभ्यासलार्इ अष्ट्रेलियाका विषेसज्ञहरूबाट सहयोग लिन सकिने र नेपालीहरूको सहयोग पर्यटन प्रवर्दनका लागी अाफुहरू सदैव लागी पर्ने बताउनुभयो । सोहि अवशरमा न्यु साउथ वेल्स एनएसडब्लु अष्ट्रेलियाका महावाणिज्य दुत दिपक खड्काले नेपाल र नेपालीका लागी अष्ट्रेलियाको विभिन्न मन्त्री तथा समुदायहरूले गरेको सहयोग अतुलनीय रहेको बताउनु भयो । खड्काले पर्यटन प्रवर्दनका लागी अाफुहरूले अष्ट्रेलियामै बसेर भएपनि नेपालीहरू माँझमा विशेष सहयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लिब्रल फ्रेन्डस् अफ नेपालका अध्यक्ष श्री नापितले खास गरेर नेपाली समुदायको समस्यालार्इ लिब्रल पार्टी तथा अष्ट्रेलियाली सरकारसम्म पुर्याउनका लागी अाफुहरूले पहल गरेको र समुदायको समस्या सुल्झाउन समुदायकै सहभागीता जरूरी हुने बताउनुभयो । कार्यक्रममा पेन्सस नेपाली कम्युनिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठले विभिन्न बुँदाहरू तथा नेपाली समुदायका सवालहरूलार्इ सुचीवद्ध गरेर मन्त्री डेभिडलार्इ हस्तान्तरण गर्नुभएको थियो । उहाँले नेपाली पेन्सस कम्युनिटीले समग्र नेपालीको भलार्इका लागी यी सवालहरू उठाएको र यसका लागी पहल गर्न अष्ट्रेलियाली सरकारलार्इ अनुरोध गरीदिन भन्दै अाफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

 कार्यक्रममा विश्व शान्ति परिषद्का शान्तिदुत तथा योग तथा सकारात्मक सोचका अभियन्ता अाचार्य राजन शर्मा (भिमसेन सापकोटा)लार्इ एक विषेश सम्मान अर्पण गरीएको थियो । उहाँले सकारात्मक समुदायमा सकारात्मक सहयोग पुर्याउनु भएको र सकारात्मक गतिविधी मार्फत समाजमा शान्ति, उत्प्रेणा जस्ता मानव अादर्शका कुराहरू फैल्याउनु भएको भन्दै उहाँलार्इ मन्त्री डेभिड कोलम्यानले कदर पत्र प्रदान गर्नुभएको हो । प्रमाणपत्र तथा सम्मान प्राप्त भएपछि शर्माले अाफ्नो संबोधनमा नेपालीहरू संसारभर जहाँ गएपनि शान्ति, अहिंसा , र सद्भभावका प्रेरक हुने भन्दै अष्ट्रेलियाले अभ्यासमा ल्याएको संघियता, समाजवाद नेपालीहरूको ‘वसुदैव कुटुम्बकम’ जस्ता अादर्शका कारण रगतमै रहेको बताउनुभयो । कार्यक्रममा अाचार्य राजन शर्मा एक बहुमुखि प्रतिभाशाली भएको भन्दै विदुर प्रसाद सापकोटाले उहाँको प्रतिभा नेपाली समुदायकै गाैरवको विषय रहेको पनि बताउनुभयो ।

यसैगरी ड्यान सिम्सन ‘कन्फेरेन्स प्रेसिडेन्ट अफ बैंक’ लिब्रल पार्टी प्रेसिडेन्ट’ -ले नेपाली समुदायको सहयोगका लागी अाफुहरूले लेवर पार्टी मार्फत सकेको प्रयास गर्ने बताउनुभयो । पेन्सस नेपलीज कम्युनिटीका तर्फबाट हरी श्रेष्ठले सबैलार्इ स्वागत गर्दै नेपाली समुदायको आपसि ।  एकताले नेपालको प्रवर्द्दन र सहयोगलार्इ समेत सघाउने बताउनुभयो ।

कार्यक्रममा संचारकर्मी ॠषि अाचार्यले नेपालका सम्भावना, अष्ट्रेलियामा नेपालीको इतिहास तथा सामुदायिक गतिविधीका र  संभावनाका बारेमा एक विवरण प्रस्तुत गर्नु भएको थियो । कार्क्रममा कलाकारहरू सफलता सापकोटा, निरा ज्ञावाली, लिना श्रेष्ठले विभिन्न नाँच मार्फत अाफ्नो सँस्कृति प्रदर्शन गरेका थिए भने परिसा श्रेष्ठले पनि साँस्कृतिक झाँकी प्रस्तुत गरेकी थिइन् । अाचार्य राजन शर्माका साथ निश्चल श्रेष्ठ र सुमन निहुरेलार्इ पनि उक्त कार्यक्रममा सम्मान गरीएको थियो ।

अस्ट्रेलियाली सरकार र नेपाली समुदाय विच आपसि समन्वय बढाउंन पेन्सस कम्युनिटी ले खेलेको भूमिकाका लाई सबै बाट प्रेरणा पाउंदा आफुहरू समुदायको हितमा काम गर्न थप उत्साहित रहेको समितिका अध्यक्ष लक्षमण श्रेष्ठले असनेपालन्युजलाई बताउंनु भयो ।

समितिले सेन्ज क्षेत्रमा मानसिक तथा शारीरिक आरोगयताको लागि योग शिविर , अङ्रेजी कक्ष्या तथा नेपालीहरूको आम सरोकारका विविध गतिविधि सन्चालन गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु