च्याम्पियन्स लिगः म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी । मंगलबार राति भएको अर्को च्याम्पियन्स लिगमा खेलमा म्यानचेस्टर सिटीले बासेललाई ४-० गोलले पराजित गरेको छ । सिटीले पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो । सिटीका लागि गुएनडोगन, बर्नाण्डो सिल्भा र सर्जियो अगुइरोले गोल गरेका थिए । दोस्रो हाफमा पनि सिटीले खेलमा उत्तिकै दबदबा बनाइ राख्यो ।

गुएनडोगनले दोस्रो हाफमा पनि गोल गरे । यो जितसँगै सिटीको च्याम्पियन्स लिगको अर्को चरणमा पुग्ने सम्भावना निकै बलियो भएको छ । बासेलले भने खेलमा कमाल देखाउन सकेन । केही अवसरहरु सिर्जना गरे पनि गोल गर्न भने सकेनन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु