HP ले सुरु गर्यो ACCOUNTING & TAX सेवा

स्वरोजगारीको मलिलो भुमी मानीने अष्ट्रेलियामा विभिन्न व्यवसाय सुरू गर्ने नेपालीहरुको संख्या उकालो लाग्ने क्रम जारि छ। मुख्यतः सर्भिस सेक्टरमा लगानी गर्नेको संख्या उल्लेख्य भएपनि कृषी लगायत शिक्षा र वित्तिय क्षेत्रमा लाग्नेको संख्या पनि कम छैनन्।

यसै मेसोमा क्विन्सल्याण्ड राज्यको ब्रिसवेनलाई मुकाम बनाएर हालै स्थापित एच पी फाइनान्स सलुसनले आफ्नो सेवा सुरु गरेको छ। विभिन्न अन्तराष्ट्रिय कम्पनिहरुमा लामो समय काम गरेको र होम लोन तथा मोर्ट्गेज ब्रोकिङ्गमा आफ्नो नाम स्थापित गर्न सफल भइसकेका अनुभवीहरुको समुहले अाफ्नो सेवा सुरु गरेको हो।

विशेषत HOME LOAN, BOOKKEEPING, BAS RETURN, GST RETURN, व्यक्तिगत तथा कम्पनिको TAX LODGMENT जस्ता सम्पुर्ण वित्तिय सेवाहरु एउटै छानामुनी दिने उद्देश्यका साथ कम्पनिले अाफ्नो काम सुरु गरेको हो।

Cloud-based Accounting system मा अाधारित भएर सेवा दिने भएकाले अष्ट्रेलियाको कुनैपनि स्थानका सेवाग्राहिलाई सेवा दिन सकिने कम्पनिका डाइरेक्टर प्रमोद सापकोटाको भनाई छ। कम्पनीका सेवाग्राहिको सुविधालाई ध्यानमा राखेर सिड्नी, मेलबर्न , क्यानवेरामा क्रमश भिमसेन सापकोटा (0434570379), बिजय भण्डारी(0402639276) र हिमालयन विजनेसको अफिस(0430400478)मा पनि सम्पर्क गर्ने व्यवस्था मिलाईएको छ। 

 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु