यी हुन् सामाजिक सञ्जालमा चर्चा बटुलेर ‘सेलिब्रेटी’ ?

काठमाडौं –  प्रिया प्रकाश वारियर इन्टरनेट सेन्सेन बनेकी छिन् । मलयालम नायिका प्रिया प्रकाश वारियर सामाजिक सञ्जालले रातारात चर्चाको शिखरमा पुर्याइदिएको छ । उनको पहिलो चलचित्र ‘उरु उदार लव’को एउटा गीतको भिडियोका कारण सामाजिक सञ्जालमा उनको तस्विर भाइरल बनेको छ । प्रेम दिवसका अवसरमा रिलिज भएको उक्त चलचित्रले पनि युवा युवतीहरुमा वारियरको चर्चा हुने गरेको छ ।

कुसुम श्रेष्ठ तरकारीवाली

गोरखाकी कुसुम श्रेष्ठ(तरकारीवाली) अब ‘लम्फू’ नामक चलचित्रको पर्दाबाट सामाजिक सञ्जालबाट बाहिरी संसारमा पनि सेलिब्रेटी बन्दै छिन् । उनले ‘लम्फु’ नामक चलचित्र भने अभिनय गरेकी छन् ।

सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि श्रेष्ठलाई ,चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत विभिन्न अफर थुप्रैले दिएका थिए । भारतीय मिडियाले नेपालकी तरकारीवाली भन्दै तस्बिर भाइरल गरेपछि उनी नेपाल र भारतका सञ्चारमाध्यमको चर्चाको बिषय बनेकी थिइन् ।

अर्चना पनेरु

नेपाली सनि लियोनीको उप नाम समेत पाएकी अर्चना पनेरुलाई पनि सामाजिक सञ्जाल नै चर्चामा ल्याएको हो । उनले आफूलाई चर्चामा आउँनलाई नै आफ्नो नग्न तस्विर र पोर्न भिडियो सार्वजनिक गरेको उनैले स्विकारेकी थिइन ।

सामाजिक सञ्जालमा उनका तस्विरहरु सार्वजनिक भएपछि नेपाली चलचित्र निर्माता र म्युजिक भिडियो बनाउनेहरुले उनलाई पनि बास्तवमा नै सेलिब्रेटी बनाइ दिए ।
अर्चना पनेरू उत्तेजक दृश्य दिन राजी भएपछि ‘जिस्म’ शीर्षकको चलचित्रमा अभिनय गरेकी छिन् । उक्त चलचित्रका निर्देशकले उनलाई ४ लाख पारिश्रमिक दिएर अभियन गराएका थिए ।

अरशद खान(चियावाला)

पाकिस्तानमा चिया पसल गरिरहेका अशरद खान सामाजिक सञ्जालका कारण रातारात बास्तवमा नै सेलिब्रटीका रुपमा परिचत भएका छन् । निलो आखाँका कारण उनी प्रति युवतीहरु बढी फ्यान भएका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु