प्रधानमन्त्री कप महिला क्रिकेट फागुन ९ देखि धनगढीमा हुने

काठमाडाैँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतेदेखि १४ गतेसम्म धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले कैलाली जिल्ला खेलकुद विकास समिती प्रतियोगिता आयोजनाको जिम्मा दिएको हो।

प्रतियोगितामा साविकका ५ विकास क्षेत्र र विभागीय टोली एपीएफ गरि ६ टोलीको सहभागिता रहनेछ भने प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता २ लाख हात पार्नेछन् जुन नेपाली महिला क्रिकेटको सर्वाधिक पुरस्कार राशी पनि हो।

यस्तै प्रतियोगिताको वुमेन अफ द सिरीजले १० हजार तथा चार विधाका उत्कृष्ट खेलाडीलाई ५–५ हजार नगद दिइने आयोजक कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु