एनसेल लुटलाई खबरदारी गर्न भन्दै देशैभरका टावरमाथि तोडफोड

काठमाडौं । एनसेलको लुटलाई खबरदारी गर्न भन्दै देशैभरका टावरमाथि तोडफोड भएको खबर छ । नेपाल कम्युनिस्ट पार्टीले नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमाथि जनतासँग पैसा उठाएर राज्यलाई तिर्नुपर्ने कर नतिरेर राज्य र जनतालाई ठगी गर्ने र ढाँटने गरेको भन्दै कारवाही सुरु गरेको बताएको छ ।

अाफुहरूले राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएको कारण एनसेल कम्पनिका देशैभरका टावरमाथि एकैसाँथ तोडफोड तथा आगजनी गर्नुपरेको बताएको छ । नेकपाले काठमाण्डौका दक्षिणकाली , जोरपाटी र जोहर्सिंहपौवा , भक्तपुरमा एक , सुर्खेत , बाँके र कैलालीमा दुई दुइ वटा ओटा टावरमाथि आक्रमण गरेको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीले ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावर पनि ध्वस्त पारेको छ । धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ भने सोलुखुम्बु , धनुषा , चितवन ,नुवाकोट, धादिङ्ग , ताप्लेजुङ्गलगायत देशैभरिका एनसेल कम्पनीका टावरमाथि तोडफोड तथा आगजनी भएको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु