महाशिवरात्रीको अवसरमा ओलीलाई भारतीय राजदूत पुरीको शुभकामना

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीबीच अाज भेटवार्ता भएको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरू बीच भेटवार्ता भएको हो ।

महाशिवरात्रीको अवसरमा सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय पुगेका पुरीले एमाले अध्यक्ष ओलीलाई शुभकामना दिनुका साथै पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि अध्यक्ष अोलीसँग छलफल गरेका छन् । राजदूत पुरीले नयाँ सरकार गठनमा चासो व्यक्त गरेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु