जनयुद्ध दिवसकै दिन एमालेसँग पार्टी एकताको टुंगो लाग्ने : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न जनयुद्ध दिवसकै दिन नेकपा एमालेसँग पार्टी एकताको टुंगो लगार्इने बताएका छन् । तत्कालीन माओवादीले ‘जनयुद्ध’ थालेको दिनको सम्झानामा मंगलबार माओवादी मुख्यालयमा वाइसीएलले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उनले आजै पार्टी एकतालाई निर्णायक तहमा पुर्‍याउनेगरी छलफल अघि बढाएकाे बताएका छन् ।

जनयुद्धका दिनहरुको स्मरण गर्दै प्रचण्डले फरक बाटोमा हिँडेका मोहन वैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि नेपालमा बलियो कम्युनिष्ट केन्द्र निर्माण गर्ने दिशामा एक हुन आउन आग्रह गरे । सबै एक भएर देशमा आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

पार्टी एकताबारे एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच अाजै वार्ता हुने पनि बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु